८ वैशाख २०८१ शनिबार
समाज

महोत्तरीमा सार्वजनिक दलान निर्माण कार्य सुरु

महोत्तरी- मटिहानी नगरपालिका वडा नं. ८ र ९ मा रहेको दलित वस्तीमा सार्वजनिक दलान निर्माण कार्य प्राराम्भ भएको छ।

महोत्तरी निर्वाचन क्षेत्र नं. ३ का सांसद महन्थ ठाकुरको संसदीय पूर्वाधार विकास आयोजना अन्तर्गत मटिहानी नगरपालिका ८ को चमार वस्ती र वडा नं. ९ को सहनी वस्तीमा सार्वजनिक दलान निर्माण कार्य प्राराम्भ भएको मटिहानी नगरपालिकाको मेयर हरिप्रसाद मण्डलले बताएको छ।

दुवै वडामा १०/१० लाखको लागतमा सार्वजनिक दलान कार्यको सुरुवात भएको मेयर मण्डलले बताए। सो दलान निर्माण सम्पन्न भएपछि वषौ वर्षदेखि उक्त वस्तीमा बासिन्दाहरुले सार्वजनिक ठाउँको अभावमा समस्या भोग्दै आएको थिए।

दुवै ठाउँमा निर्माण हुने सार्वजनिक दलानको बिहीबार संसाद ठाकुरले एक कार्यक्रमबीच शिलान्यास गरेपछि भवन निर्माणको कार्य विधिवतरुपमा सुरु भएको हो।

सो अवसरमा प्रदेश २ का समाजिक विकास मन्त्रि अभिराम शर्मा, मटिहानी नगरपालिकाको मेयर हरि प्रसाद मण्डल , लगायत गाउँका भद्रभलादमी र स्थानीय वासिन्दाहरुको सहभागिता रहेको थियो।

 

प्रकाशित: २३ माघ २०७६ १४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App