coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सार्वजनिक जग्गा निजी व्यवसायिक संस्थालाई दिन खोज्दा विरोध

जग्गा संरक्षणका लागि विरोध गर्दै स्थानीय ।

भैरहवा- नगरपालिकाले सार्वजनिक जग्गा निजी सस्थालाई दिन खोज्दा स्थानियले विरोध गरेका छन्। रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्राम राधाकृष्ण चोकमा अवस्थित एक वडा एक पार्क अवधारणा अन्तर्गत रहेको संरक्षीत जग्गा स्थानीय तहले निजी व्यवसायिक सस्थालाई दिन खोज्दा स्थानीयको विरोध भएको हो।

स्थानीय सार्वजनिक संरक्षण गर्नुपर्छ भन्ने नगरपालिकाको नीति विपरित पार्कका लागि योजना बनाइएको जग्गामा निजी सस्थाले माग गर्न थालेपछि बिहीबार राधाकृष्ण टोलका स्थानीयले प्लेकार्डसहित नारावाजी र विरोध गर्दै संरक्षणको माग गरेका हुन्।

ग्रिन पार्क निर्माण हाम्रो अभियान अन्तर्गत वडाको एक मात्र पार्कका लागि छुट्याइएको जग्गा नगरपालिकाले तिलोत्तमा चेम्बर अफ कमर्सको सचिवालय भवनका लागि तीन कठ््ठा जग्गा दिन थालेको भन्दै सार्वजनिक जग्गा जथाभावी संघसंस्थालाई बांड्न नहुने माग गर्दै स्थानीयले संघर्स समिति मार्फत वडा कार्यालय र नगरपालिका कार्यालयलाई ज्ञापन पत्र समेत दिएका छन्। तिलोत्तमा नगरपालिका ५ मा रहेको कित्ता नंं ६४को जग्ग्गा संरक्षण गर्नूको सट्टा निजी क्षेत्रलाई अतिक्रमण गर्न प्रोत्साहन गर्ने निर्णयको विरुद्धमा वार्ड कार्यालय र नगरपालिका घेराउ गरिएको सार्वजनिक जग्गा संरक्षण संघर्स समितिका अध्यक्ष उमा ढकालले बताइन्।  

समितिले सार्वजनिक जग्गामा पार्क बनाउन समेत माग गर्दै वडा कार्यालय र नगरपालिका कार्यालयमा असहमतिपत्र बुझाएका छन्। नगरपालिकाले स्थानीय टोलवासीको सहमतिविना ब्यापारिक संस्थालाई जग्गा दिन खोजेकाले विरोधमा उत्रिनुपरेको टोल विकास संस्थाका हरि पोखरेलले बताए। 'नगरपालिकासंगको छलफलमा स्थानीयले असहमति जनाएर हिंडेपछि एकतर्फीरुपमा निर्णय गरी जग्गा दिन खोजिएको छ' पोखरेलले भने।

यता तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले पहिला भएको निर्णयलाई कार्यान्वयन गरेको बताए। २०७१ सालमै  सर्वदलीय बैठकबाटै उद्योग वाणिज्य संघ र व्यापार संघलाई भवन बनाउन जग्गा दिने भनि निर्णय भएको थियो। जनप्रतिनिधि आउनु अगाडि नै निर्णय भएको थियो उद्योग वाणिज्य संघले भवन निर्माण गर्‍यो, व्यापार संघले पनि ४ महिना अगावै शिलान्यास गरेको छ।प्रयोगविहीन अवस्थामा रहेको जग्गाको ३ कठ्ठा जग्गा दिने भनि स्थानियसँग नगरपालिकामा छलपल भए पनि अहिले आएर राजनीतिकरणले गर्दा विरोध भएको बताए।

भवन शिलान्यासका बेला पनि केही स्थानीयले विरोध गरे पनि केहीबेर शान्त भएको र अहिले फेरी विरोध गर्न लागेको जनाए। १७–१७ कठ्ठा क्षेत्रफल रहेको उक्त जग्गा मध्ये तीन कठ््ठा जग्गा भवन बनाउनका लागि दिएको र अन्य स्थानमा वडा स्तरीय पार्क बनाइने छ।

 

प्रकाशित: २३ माघ २०७६ १३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App