८ वैशाख २०८१ शनिबार
राजनीति

दलहरू एक ठाउँमा आउनु अपरिहार्य– नेता सिटौला

पोखरा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय राजनीतिमा सहमतिका लागि दलहरू एक ठाउँमा आउनु अपरिहार्य भएको बताएका छन्।

नेपाल प्रेस युनियन कास्कीद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले संविधान जारीसँगै संविधानले निर्दिष्ट गरेका स्थानीय, प्रदेश र केन्द्रीय तहका निर्वाचन सम्पन्न गर्न, भूकम्पपछिको पुनःनिर्माण र देशको आर्थिक समृद्धिका लागि राष्ट्रिय राजनीतिमा सहमतिको विकल्प नभएको बताए।  

निर्वाचनका लागि सर्वप्रथम कानुन आवश्यक हुन्छ, उक्त कानुन दलहरूको सहमतिबिना बन्न सक्दैन,” उनले भने। वर्तमानमा राष्ट्रिय राजनीतिमा विश्वासको वातावरण बन्न सकेको छैन, विश्वास कायम गराउँदै राष्ट्रिय सहमतिका आधारमा अघि बढ्नुपर्छ।

भूकम्पपछिको पुनःनिर्माण भूकम्प गएको १५ महिनासम्म पनि अघि बढ्न नसक्नु दुःखद् कुरा भएको बताउँदै उनले भने, “सही लगतको आधारमा पीडितलाई सरकारले तत्काल सहयोग रकम उपलब्ध गराउनुपर्छ, भूकम्पपछिको पुनःनिर्माण राजनीतिक मुद्दा बनाइनु हुँदैन, त्यसमा काँग्रेसका तर्फबाट हामी सहयोग गर्न तयार छौं।

वर्तमानमा सत्ता प्राथमिकताको विषय नभै राष्ट्रिय राजनीतिमा सहमतिका आधारमा संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण राष्ट्रको प्राथमिकता बन्नुपर्नेमा उनको जोड थियो।

निर्वाचन सम्बन्धी कानुन बनिनसकेको अवस्थामा सरकारले भने झैँ मङ्सिरमा निर्वाचन हुन असम्भव रहेको बताउँदै नेता सिटौलाले निर्वाचनका लागि दलहरू एक ठाउँमा आएर त्यस सम्बन्धी कानुन निर्माण गरी अघि बढ्नुपर्ने बताए। रासस

प्रकाशित: १९ असार २०७३ १३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App