१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बाबुरामले भने, 'अख्तियारको नियत खराब छ'

काठमाडौं- पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ललिता निवास प्रकरण छानबिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियत खराब देखिएको प्रतिक्रिया दिएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण बिहीबारको प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संघीय ससंद भवन परिसरमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले अख्तियारको छानबिन प्रक्रिया प्रति असन्तुष्टी जनाएका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन प्रक्रियामा नै त्रुटी रहेको र भागवण्डाका आधारमा जानेहरुले निश्पक्ष अनुसन्धान गर्न नसक्ने तर्क उनले गरे। जग्गा फिर्ता गर्छु भनेकाले मुद्दा नचलाईएको भन्ने सन्र्दभमा उनले 'कसैले चोर्‍यो म फिर्ता गर्छु भनेर छाड्न हुन्छ?’ भनी प्रश्न गरे।

त्यसैगरी नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले राजनीतिक पूर्वाग्रहयुक्त अख्तियारको कदम विरुद्ध जनता समक्ष जानुको साथै कानूनी रुपमा पनि अघि बढ्ने बताए। मन्त्रीपरिषद्का निर्णयहरु प्रधानमन्त्रीको स्वीकृतिमा नै पारित हुने भएकाले विभागिय मन्त्री मात्रै ती निर्णयको जवाफदेही नभई प्रधानमन्त्री स्वयम् हुने भन्दै उनले प्रधानमन्त्रीलाई उन्मुक्ति दिएर विभागिय मन्त्रीलाई मात्रै मुद्दा दर्ता गर्नुले राजनीतिक पूर्वाग्रह देखिएको बताए।

 

प्रकाशित: २३ माघ २०७६ १०:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App