८ वैशाख २०८१ शनिबार
राजनीति

गच्छदारको बचाउ गर्दै कांग्रेसले गर्‍यो संसद अवरोध, बैठक स्थगित

फाइल तस्बिर/नागरिक

काठमाडौं - प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ। ललित निवास जग्गा प्रकरणमा आफ्ना नेता विजयकुमार गच्छदारमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको भन्दै कांग्रेसले प्रतिनिध सभाकाे बिहीबारकाे बैठक अवरोध गरेकाे हाे।

 बिहीबारको बैठकको सुरुमा काँग्रेस सांसद पुष्पा भुषालले राजनीतिक पूर्वाग्रहका आधारमा गच्छदारविरुद्ध अख्तियारले मुद्दा दायर गरेकाले त्यसको विरोध गर्दै संसद बैठक अवरुद्ध गर्नुपरेको बताइन्।

संसदमा बोल्दै भुशालले बालुवाटारको जग्गा प्रकरणमा अत्यन्तै पूर्वाग्रह राखेर राजनीतिक प्रतिशोधको आधारमा मुद्धा चलाइएको आरोप लगाइन्। उनले भनिन्, ‘विभेदकारी व्यवहार देखाएर मुलुकको लोकतान्त्रिक अभ्यासलाई नै कमजोर बनाउने गरी अदालतमा मुद्धा दायर गरेको खबर आएको छ।  यसरी राजनीतिक प्रतिशोधको आधारमा मुद्धा दायर गर्न मिल्छ?' प्रश्न गर्दै उनले अगाडि भनिने, ‘यसबाट पुष्टि हुन्छे अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो संवैधानिक अंग पनि सरकारको लाचार छाँया बनेको छ।'

सभामुख अग्नि सापाकोटाले काँग्रेस सांसदलाई अवरोध हटाउन आग्रह गरेपनि उनीहरु बस्न नमानेपछि सभामुख  शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको घोषणा गरेका छन्।

आयोगले बुधबार सो प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा आरोपपत्र दायर गरेको थियो ।

प्रकाशित: २३ माघ २०७६ ०७:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App