coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सिक्ने र सिकाउने दुबै उस्तै! सरसफाईमा ध्यान नपुगेको दिवा खाजा

रोल्पा नगरपालिका ३, खेवासेमा रहेको ईन्द्रेश्वरी माविमा खाजा खादै विद्यार्थी। तस्बिरः दिनेश/नागरिक

रोल्पा - विद्यालय सिक्ने र सिकाउने ठाउँ हो। यहाँ पाठ्यपुस्तकका विषयबस्तुसंगै व्यवहारिक जीवनका तमाम विषय विद्यार्थीले सिक्नु पर्ने हो। अनुशासन, सरसफाई, रहनसहन लगायतका विभिन्न ब्यबहारिक पक्षमा पनि सुधार हुनुपर्ने हो। तर कतिपय सामुदायिक विद्यालयहरुले विद्यार्थीलाई सिकाउनेभन्दा पनि पढाउने काम मात्र गरिरहेको गुनासो प्रसस्तै सुनिन्छ।

शिक्षकहरु ४५ मिनेट कक्षा कोठामा कसरी बिताउने भन्ने ध्याउन्यमा रहन्छन्। अतिरिक्त कृयाकलापका लागि शुक्रबार नै पर्खनै शिक्षकहरु कक्षा कोठामा अनुशासन र सरसफाई जस्ता महत्वपुर्ण सवालमा खासै बोल्ने गर्दैनन्। सामुदायिक विद्यालयमा अनिवार्य गरिएको दिवा खाजा कार्यक्रम देश भरका विभिन्न विद्यालयहरुले चलाई रहेका छन्। आलो पालो गर्दै दैनिक द्यिालयहरुमा बिभिन्न परिकारका खाजा पाक्न थाले पछि विद्यार्थीसंगै अभिभावक पनि खुसी भएका छन्। बिहानको खानापछि एकै पटक बेलुकाको खाना पेटमा पर्ने कतिपय विद्यार्थीहरुलाई धेरै राहत पुगेको छ।

तर खाजा र यससंगै सरसफाईका सवालमा विद्यालयमा शिक्षकको चरम लापरवाही देखिने गर्दछ। खाजा बनाउनेले नै सरसफाईमा ध्यान दिने गर्दैनन् भने खान लाइनमा आउने विद्यार्थी त झनै लापरवाही देखाउछन्। खाना खानुअघि र पछि हात धुने बानीको विकाश गरौ भनेर सूचना बज्न थालेको बर्षौ हुदा पनि त्यता तिर प्रयाप्त ध्यान गएको देखिदैन। खाजा बनाउने र खाने दुबैको ब्यक्तिगत सरसफाईमा खासै चासो नजादा कुनै दिन स्वास्थ्यमा समस्या सृजना हुन सक्ने देखिन्छ।

विद्यालयहरुमा संञ्चालन गरिएको दिवा खाजा कार्यक्रम स्वास्थ्य र सरसफाईका दृष्टिले कमजोर देखेको रोल्पा नगरपालिकाले केहि सुधार गर्ने जनाएको छ। ‘मैले पनि सरसफाईमा कमजोरी भएको देखेको छु। साच्चीकै समस्या छ।’ रोल्पा नगरपालिकाका नगर शिक्षा अधिकारी महेन्द्र पराजुलीले भने ‘केहि दिन मै सबै विद्यालयमा खाजा बनाउनेहरुलाई तालिमसहित एप्रोन, ग्लोभ्स, साबुन लगायतका सामाग्री दिदैछौ। शिक्षकलाई पनि सरसफाईमा ध्यान दिन भनेका छौ।’

खाजा बनाउनेलाई स्थानीय सरकारले तालिमसंगै सामाग्री दिने निर्णय गरे जस्तै प्रत्येक विद्यालयहरुले विद्यार्र्थीहरुलाई ब्यक्तिगत सरसफाई गर्न लगाउनु पर्ने देखिन्छ। ‘ब्यक्तिगत सरसफाई हुनुपर्छ नत्र रोग लाग्ला भन्ला भन्ने चिन्ता रहन्छ। यसमा विद्यालय र खाजा ब्यबस्थापन समितिले ध्यान दिनु पर्छ।’ रुन्टीगढी गाउँपालिकाका शिक्षा संयोजक कुलराज आचार्य भन्छन् ‘विद्यालय भित्र विद्यार्र्थीको सम्पुर्ण जिम्मा शिक्षकको हातमा हुने भएकाले उहाँहरुले अलि बढि केयर गर्नुपर्छ।’

सरसफाईका सवालमा शिक्षकहरुले पनि खासै ध्यान पु¥याउन नसकेको स्वीकार गर्छन्। ‘साच्चीकै हो, यस पटक खाजा खानु भन्दा अगाडि हात धुनु पर्छ भनेर भनिएको पनि छैन र हेरिएको पनि छैन। अब त्यता पनि ध्यान दिनु पर्ला।’ सुनिलस्मृती गाउँपालिका सुलिचौरमा रहेको सुर्योदय माविका प्रअ बेगम कवरले भने ‘स्वास्थ्यका हिसाबले सरसफाई महत्वपूर्ण कुरा हो।हामी आजैदेखि त्यता तिर ध्यान केन्द्रित गर्छौ।’

विद्यालयमै पाक्ने खाजा र यसको सरसफाईका विषयमा सरोकारवालाले बेलैमा चासो दिनु जरुरी छ। त्यसै गरी शिक्षकहरुले पनि विद्यार्थीको आनिबानीसंगै ब्यक्तिगत सरसफाईमा ध्यान दिनु पर्ने देखिन्छ।

प्रकाशित: २३ माघ २०७६ ०७:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App