७ वैशाख २०८१ शुक्रबार
समाज

रौतहटको शिवनगरमा आगलागी, ५ पसल नष्ट, २५ लाखको क्षति

रौतहट– रौतहटको शिवनगर बजारमा विधुत सर्किट सर्ट भएर आगलागी हुँदा पाँचवटा पसल जलेर नष्ट भएको छ। आगलागीबाट करिब २५ लाख रुपैयाँ मूल्य बराबरको मालसमान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

जिल्लाको मध्य भागमा अवस्थित गरुडा नगरपालिकाको शिवनगर बजारमा बिहीबार बिहान ३ बजेको समयमा स्थानीय रामगोविन्दप्रसाद कलवारको इलेक्ट्रिक पसलबाट विद्युत सर्किट सर्ट भएर आगलागी हुँदा छिमेकी रामअज्ञा साहको कस्मेटिक पसल, देवानन्द यादवको मोबाइल पसल र विजेन्द्र ठाकुर, विरज ठाकुरको सैनुल पसल समेत जलेर पूर्ण रुपमा खरानी भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएका छन्।

विहानको समयमा पसलमा कोही नभएको अवस्थामा र छिमेकीहरु सुतिरहेको अवस्थामा बिजुली सर्ट सर्किट भएर आगलागीमा करिव २५ लाख मूल्य बराबरको सम्पत्ती जलेर नष्ट भएको भएको इप्रका गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले बताए।

आगलागी हुँदा स्थानीय बासिन्दाहरुले प्रहरीलाई खबर गर्दा ढिलो भए पनि समयमै प्रहरी घटना स्थलमा पुगे पनि पाँच वटा पसललाई क्षति हुनबाट जोगाउन नसकेको भए पनि मानविय क्षति हुन नसकेको उनले बताए।

प्रकाशित: १४ पुस २०७३ १३:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App