८ वैशाख २०८१ शनिबार
समाज

‘शिक्षा पत्रकारिता पुरस्कार’ दुई पत्रकारलाई संयुक्त रूपमा प्रदान गरिने

‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ यस पटक दुई जना पत्रकारलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ। नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनोट समितिले गरेको सिफारिसका आधारमा शिक्षा पत्रकारिता पुरस्कार छनौट मूल समितिको बैठकले रु. ७५ हजार राशीको उक्त पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका सूर्यप्रसाद पाण्डे (काठमाडौं) र कान्तिपुर दैनिकका मकर श्रेष्ठ (काठमाडौं) लाई संयुक्तरुपमा प्रदान गर्ने निर्णय गरेको हो।

यसैगरी बैठकले पाँच विकास क्षेत्र र उपत्यकालाई १ क्षेत्र मानी ६ क्षेत्रलाई प्रदान गरिने रु. २५ हजार राशीको क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ पूर्वाञ्चलबाट अमर खड्का (नागरिक दैनिक–सुनसरी) र कोकिला ढकाल (राजधानी दैनिक–इलाम)  मध्यमाञ्चलबाट ध्रुव दंगाल (नागरिक दैनिक–सिन्धुपाल्चोक), दिवाकर भण्डारी (अन्नपूर्ण पोष्ट–बारा) र पश्चिमाञ्चलबाट बसन्त गिरी (गोरखापत्र–कपिलवस्तु) र कृष्ण खनाल (बुटवल टुडे दैनिक–रुपन्देही), मध्यपश्चिमाञ्चलबाट लक्ष्मण केसी (आजको शिक्षा साप्ताहिक–रुकुम) र गिरु भण्डारी (कान्तिपुर दैनिक–प्युठान) र सुदूरपश्चिमाञ्चलबाट कृष्ण ओली (नागरिक दैनिक–बाजुरा) र भवानी भट्ट (कान्तिपुर दैनिक–कञ्चनपुर) गरी ५ क्षेत्रमा संयक्तरूपमा प्रदान गरिएको महासंघले जनाएकाे छ। उपत्यकाबाट लिलप्रसाद चन्द (सामुदायिक सूचना नेटवर्क–काठमाडौं) लाई प्रदान गर्ने निर्णय भएको जनाएकाे छ।

यीलगायत सबै विधाका पुरस्कारहरू २०७३ पुस १९ गते मंगलबार दिउ“सो महासंघ केन्द्रीय कार्यालयमा आयोजना हुने कार्यक्रममा वितरण गरिने महासंघले जनाएकाे छ।

 

प्रकाशित: १४ पुस २०७३ १२:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App