८ वैशाख २०८१ शनिबार
अर्थ

सुनकोसी–३ बाट ६४० मेगावाट बिजुली

काठमाडौं - विद्युत् विकास विभागको एक अध्ययनले जलाशययुक्त सुनकोसी–३ जलविद्युत् आयोजनाबाट ६ सय ४० मेगावाट बिजुली उत्पादन गर्न सकिने देखाएको छ। विभागका महानिर्देशिक नविनराज सिंहले यो आयोजनाबाट उक्त परिमाणमा बिजुली उत्पादन हुने जानकारी दिएका हुन्।

यसअघि जाइकाले गरेको अध्ययनले पाँच सय ३६ मेगावाट मात्रै उत्पादन हुने देखाएको थियो, उनले भने, अहिलेको अध्ययनपछि उत्पादन क्षमता लगभग एक सय मेगावाटभन्दा धेरै बढ्ने देखिएको छ। महानिर्देशक सिंह प्रारम्भिक अध्ययनले देखाएको क्षमता अझै पनि केही बढ्न सक्ने बताउँछन्। अहिले आयोजनास्थलमा ड्रिल गरेर सम्भाव्यता अध्ययन भइरहेको छ, उनले भने,अझै पनि आयोजनाको क्षमता बढ्ने सम्भाबना बढ्नेछ।

यसअघि सुनकोसी–३ जलविद्युत् आयोजनाको प्रारम्भिक अध्ययन जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले सन् १९८५ मा गरेको थियो। उक्त अध्ययनले साबिकको मदनकुडारी गाविसको पार्सेलनजिकै एक सय ४० मिटर अग्लो बाँध बनाएर पाँच सय ३६ मेगावाट विद्युत् उत्पादन गर्न सकिने देखाएको थियो। अहिले सुनकोसी–३ आयोजनाको परामर्शदाता कम्पनी चीनको जेभी अफ सांघाई इन्भेस्टिगेसन, डिजाइन एन्ड रिसर्च इन्स्टिच्युट (सिआइडिआरआई) र नेपालको इन्भाइरोमेन्ट एन्ड रिसोर्स म्यानेजमेन्ट कन्सल्ट्यान्ट प्रालिमार्फत २०७४ वैशाखदेखि अध्ययन भइरहेको छ। महानिर्देशक सिंहले आगामी मंसिरसम्म आयोजनाको सम्भाव्यता अध्ययन सकिने दाबी गरे।

यसअघि जाइकाले गरेको अध्ययनले पाँच सय ३६ मेगावाट मात्रै उत्पादन हुने देखाएको थियो।

‘२०७४ सालको वैशाखदेखि आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ,’ उनले भने, ‘२०७७ सालको मंसिरसम्म सम्भाव्यता अध्ययन सम्पन्न गर्ने गरी अध्ययन भइरहेको छ। महानिर्देशक सिंहले सम्भाव्यता अध्ययनको प्रतिवेदन आएसँगै डिपिआर लगायतको काम हुने दाबी गरे। प्रारम्भिक अध्ययनले बाँधस्थल लुभुघाटमा सार्दा आयोजना सस्तोमा बन्ने तथा बढी विद्युत् उत्पादन हुन सक्ने देखाएको छ। त्यसबाट वार्षिक विद्युत् उत्पादन २.४ अर्ब  युनिट हुनेछ। विभागका इन्जिनियर सुवास थपलियाले सुनकोसी–२ आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन लगायतको काम भइरहेको दाबी गरे।

अहिले आयोजनाको इआइएको काम तीव्र गतिमा भइरहेको छ, उनले भने, इआइए आएसँगै आयोजना निर्माणको क्रममा तिर्नुपर्ने मुआब्जा लगायत विवाद टुंगो लाग्नेछ।’ सुनकोसी–३ को बाँधस्थल काभ्रेको तिमाल गाउँपालिका लुभुघाट र रामेछापको सोनापाती गाउँपालिकाको  सीमा क्षेत्रमा निर्माण  हुन लागेको हो। एक सय ६६ सय मिटर उचाइ र ६ सय ५० मिटर लम्बाइको बाँध निर्माण हुने आयोजनाले जनाएको छ। जलाशय करिब ३० किलोमिटर लामो निर्माण हुन्छ। आयोजनाको बाँध र विद्यृत्गृहसम्म पुग्ने पहुँचमार्ग तयार भइसकेको छ। आयोजनको विद्युत्गृह काभ्रेको तिमाल गाउँपालिका–९ तित्रेटारमा बन्नेछ। आयोजनाबाट करिब एक हजार जनसंख्या पूर्ण रुपमा विस्थापित हुनेछ। आयोजनाका लागि चार हजार दुई सय हेक्टर जमिन प्रयोग हुन्छ।

आयोजनाले काभ्रेको दोलालघाट बजार पूरै डुबानमा पर्छ। विभागका इन्जिनियर थपलियाले सुनकोसी–२ जलविद्युत् आयोजनाको भने क्षमता घट्न सक्ने दाबी गरे। ‘यसअघि सुनकोसी–२ आयोजनाबाट ११ सय १० मेगावाट बिजुली उत्पादन गर्न सकिने अध्ययनले देखाएको थियो, उनले भने, तर पछिल्लो अध्ययनले नौ सय ५० मेगावाट मात्रै उत्पादन गर्न सकिने देखिएको छ।’ सुनकोसी–२ र सुनकोसी–३ जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन गर्न ३३ करोड रुपैयाँ विनियोजन गरिएको छ।

प्रकाशित: २३ माघ २०७६ ०४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App