coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

जोनी डिपका फ्यान आक्रोशित

न्युयोर्क (एजेन्सी) – हलिउड अभिनेता जोनी डिपका फ्यानहरूले उनकी पूर्वपत्नीमाथि कारवाहीको माग गरेका छन्। अमेरिकन सञ्चारमाध्यमका अनुसार सामाजिक सञ्जालमा अभिनेता डिपलाई उनकी पूर्वपत्नी एम्बर हर्ड भाँडाले हिर्काइरहेको भिडियो भाइरल भएपछि फ्यानहरू आक्रोशित भएका हुन्।

सो भिडियो भाइरल भएलगत्तै सामाजिक सञ्जाल ट्वीटरमा ‘जस्टिस फर जोनी डिप’ ह्यासट्याग टेन्डिङमा परेको थियो। पूर्वपत्नी हर्डले आफूलाई भाँडाले हानेको कुरा अभिनेता डिपले स्वीकारिसकेका छन्।

उनीहरूबीच सन् २०१६ मा सम्बन्ध विच्छेद भएको थियो। पूर्वपत्नी हर्डले घरेलु हिंसाका कारण सम्बन्ध विच्छेद गरिएको अन्तवार्ता दिएपछि दुई वर्षअघि अभिनेता डिपले आफ्नो मानहानी गरेकोमा उनीविरुद्ध मुद्दा दर्ता गरेका थिए।

प्रकाशित: २३ माघ २०७६ ०३:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App