७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्राधिकरण सिइओ हटाउने तयारी, ७ दिने स्पष्टिकरण सोध्ने सरकारको निर्णय

प्राधिकरण सिइअाे ज्ञवाली

काठमाडौं— राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीलाई हटाउन सरकारले प्रक्रिया थालेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीको काम सन्तोषजनक नभएको र सरकारलाई असहयोग गरेको भन्दै ७ दिने स्पष्टिकरण सोध्ने निर्णय गरेको छ।

‘मन्त्रिपरिषद बैठकले प्राधिकरण सिइओलाई ७ दिने स्पष्टिकरण सोध्ने निर्णय भएको छ। स्पष्टिकरण आएपछि अरु प्रक्रिया अघि बढ्छ’, मुख्य सचिव सोमलाल सुवेदीले नागरिकन्युजसँग भने।

‘मन्त्रिपरिषद बैठकले प्राधिकरण सिइओलाई ७ दिने स्पष्टिकरण सोध्ने निर्णय भएको छ। स्पष्टिकरण आएपछि अरु प्रक्रिया अघि बढ्छ’, मुख्य सचिव सोमलाल सुवेदीले नागरिकन्युजसँग भने।

कानूनमन्त्री अजयशंकर नायकले प्राधिकरण सिइओले प्रधानमन्त्रीलाई नै असहयोग गरेकाले हटाउने तयारी थालिएको बताए। ‘बाहिर प्रचार गर्दा काम भएको भनेर हल्ला गरे। भित्रभित्र प्रधानमन्त्रीलाई नै असहयोग गरेकाले स्पष्टिकरण सोध्ने निर्णय भएको हो। उहाँको स्पष्टिकरण आएपछि कसरी अघि बढ्ने भनेर अरु दलहरुसँग छलफल हुन्छ।’

भूकम्पपछिको पुनःनिर्माणका लागि ज्ञवालीलाई एक वर्षअघि तत्कालीन केपी ओली सरकारले सिइओमा नियुक्त गरेको थियो।

यथार्थ चित्रण सहितको स्पष्टिकरण दिन्छुः ज्ञवाली

यसैबीच सिइअाे ज्ञवालीले बिहीबार साँझ एक प्रेस नोट जारी गर्दै स्पष्टिकरणले  प्राधिकरण तथा सम्बद्ध सरकारी निकायले गरेका तथा गर्नुपर्ने कार्यहरु, चुनाैती र समस्याहरुको सम्बन्धमा थप स्पष्ट पार्ने बताएका छन्।

प्रकाशित: १४ पुस २०७३ १२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App