६ वैशाख २०८१ बिहीबार
समाज

अस्ताए पत्रकारिताका स्वप्न–द्रष्टा

काठमाडौं – नेपाली सञ्चारमाध्यमका एक अनुभवी व्यक्ति, वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको ७२ वर्षको उमेरमा बुधबार निधन भएको छ। लामो समयदेखि मुटुसम्बन्धी रोगबाट ग्रसित शर्माको मनमोहन अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

पाँच दिनअघि गंगालाल अस्पतालमा उपचाररत उनलाई मंगलबार मनमोहन अस्पतालमा रेफर गरिएको थियो। अस्पताल रेफर गरिएपछि उनको अवस्था गम्भीर बनेको थियो।

नेपाली पत्रकारमा अतुलनीय योगदान गरेका शर्माको निधनलाई समकालीनहरूले भावुक हुँदै सम्झिए। वरिष्ठ पत्रकार तीर्थ कोइरालाले तीनवटै पत्रकारिताका फर्ममा काम गर्ने विशेष व्याली सञ्चारमाध्यमले गुमाएको बताए। निर्विवाद काम गर्ने, मेहनत गर्ने, काममा गुणस्तर खोज्ने, आत्मविश्वासी र समकालीनसँग मित्रवत् भावना भएकाले शर्मालाई सबैले रुचाउने गरेर उनको भनाइ छ। उनी नेपाल टिभीको पहिलो समाचारवाचक थिए। ‘प्रसारण पत्रकारिताको हिसाबले मेरो गुरु हो उहाँ, ज्यादै परिपक्व र निष्ठावान पत्रकार हुनुहुन्थ्यो, काममा शुद्धता थियो, आफैंले पनि गुणस्तरीय काम गर्ने र अरूलाई पनि त्यस्तै सिकाउनुहुन्थ्यो,’ उनले भने।

१९४७ सालमा इलाममा जन्मिएका शर्माको परिवार मध्यमवर्गीय थियो। नेपाल टेलिभिजन (एनटिभी) का महाप्रबन्धकका रूपमा पाँच वर्ष काम गरेकाले शर्माले टेलिभिजन पत्रकारितालाई जीवन्त पार्न विशिष्ट योगदान गरेका थिए।

शर्माका समकालीन चलचित्रकर्मी नीर शाहले स्वाभिमानी, निर्भिक र इमान्दार पत्रकार असमय गुमाइएको भन्दै दुःख व्यक्त गरे। ‘उहाँ उच्चस्तरका पत्रकार हुनुहुन्थ्यो, कन्टेन्टमा शुद्धता थियो,’ शाहले भने, ‘छापामाध्यम, रेडियो र टिभीको पत्रकारितामा उहाँको योगदान सधैं सम्झनामा रहिरहनेछ।’

शर्मा नेपाल टेलिभिजनको समाचार संरचनाको डिजाइनर पनि मानिन्छन्। समाचार कक्षलाई स्वतन्त्र बनाउन उनले सुरुवातदेखि नै मुख्य योगदान पु¥याएका थिए। ‘भाषा र बोली मिठो पारेर पस्कने शैली थियो, चलचित्र क्षेत्रको राम्रो रिभ्यु गर्नुहुन्थ्यो, त्यतिको पत्रकार बन्नलाई ज्यादै समय लाग्छ, उहाँको निधन हामी सबैको लागि घाटा हो,’ चलचित्रकर्मी शाहले स्मरण गरे। शर्मासँगै चक्रवहादुर कार्की, शैलेन्द्र साकार, रवीन्द्र राणालगायतले सँगै काम गर्थे।

उनले सञ्चालन गरेको ‘विश्व घटना’ कार्यक्रमका निकै लोकप्रिय थियो। उनले बिनाराहधानीको विदेश यात्रा, बरसा आमसञ्चार म र हेन्डबुक अन ब्रोडकास्टिङ जर्नालिज्मजस्ता पुस्तकहरू पनि लेखेका छन्। एनटिभीमा प्रवेश गर्नुअघि उनी गोरखापत्र पत्रिकामा सहायक सम्पादकका रूपमा काम गर्थे। शर्माले रिपब्लिका र नागरिक दैनिकजस्ता मुख्य–धारका समाचारपत्रहरूमा समसामयिक विषयमा लेखहरू समेत लेख्थे।

यसैबीच, शर्माको निधनप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेपाल पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिसहित विभिन्न संघ–संस्थाले छुट्टाछुट्टै शोक–विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेका छन्।

प्रकाशित: २३ माघ २०७६ ०२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App