coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हत्या छानबिन गर्न कांग्रेसकाे माग

काठमाडौं – नेपाली कांग्रेसले अछाम पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी मृत अवस्थामा भेटिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ। कांग्रेसले बुधबार विज्ञप्तिमार्फत उक्त घटनाको निन्दा र भत्र्सना गर्दै घटनाको यथार्थ छानबिन र अनुसन्धान गरी दोषीमाथि आवश्यक कारबाही गर्न सरकारसँग माग गरेको छ।

वडाध्यक्ष धामी सोमबार गैरीगाउँस्थित स्थानीयको भैँसीगोठमा रहस्यमय ढंगले मृत अवस्थामा फेला परेका थिए। वडाध्यक्ष धामीको निधनप्रति कांग्रेसले दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समेवदनासमेत व्यक्त गरेको छ। तत्कालीन नेकपा एमालेका उम्मेदवारलाई हराउँदै कांग्रेसकातर्फबाट उम्मेदवार बनेका धामी बिजयी भएका थिए।

प्रकाशित: २३ माघ २०७६ ०२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App