नेपाली कलाकार खोज्दै प्रियंका चोपडा

बिहिबार, १४ पुष २०७३, १५ : ४८ स्मृति ढुंगाना  | @aesmriti

काठमाडौं – बलिउड अभिनेत्री प्रियंका चोपडाले नेपाली कलाकार र प्राविधिकहरु खोजी कार्य सुरु गर्दैछिन्। लामो समयपछि हलिउडबाट मुम्बई फर्केकी अभिनेत्री चोपडाले सुरु गरेको पर्पल पिबल प्रोडक्सन ब्यानरबाट निर्माण हुन लागेको सिकिमेली नेपाली फिल्मको लागि उनी स्थानीय कलाकार र प्राविधिकको खोजीमा जुट्न लागेकी हुन्।

अभिनेत्री चोपडाकी आमा मधु चोपडाले पर्पल पिबल प्रोडक्सनले निर्माण गर्न लागेको सिकिमेली नेपाली फिल्म ‘पौवा’ को बारे सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन्। फिल्म ‘पौवा’ अर्थात पाहुनामा आमा बुबाबाट छुटिएको बालबालिकाको कथा समेटिएको छ।

‘सार्क राष्ट्रभित्र रहेका प्रतिभाहरुलाई प्ल्याटफम दिनको लागि पर्पल पिबल प्रोडक्सनको स्थापना गरिएको हो। स्थापनादेखि प्रोडक्सनको काम सुरु गर्न चाहेपनि सार्क राष्ट्रभित्र देखिएको विवादले गर्दा केही ढिला  भएको हो,‘अभिनेत्री चोपडाकी आमा मधुले उल्लेख भनेकी छिन्,‘राम्रो विषयवस्तु र कथालाई हामीले प्राथमिकता दिएका छौं।’

सन् २०१५ मा अभिनेत्री चोपडाले सार्क र क्षेत्रिय फिल्महरु निर्माण गर्न पर्पल पिबल प्रोडक्सनको स्थापना गरेकी हुन्। अभिनेत्री चोपडा र उनकी आमा मधु चोपडा फिल्मको कथावस्तु सुहाउँदा कलाकार र प्राविधिकको खोजी कार्य नेपाल र सिकिममा गर्दैछन्।







यसमा तपाईको मत


अन्य समाचार

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

तपाईंले कुन प्रायोजनका लागि कम्प्युटर खरिद गर्दै हुनुहुन्छ, सो कुराले नै तपाईंलाई कति जीबी र्याम चाहिन्छ भन्ने कुरा निर्धारण गर्छ...

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

रिभ्युका लागि पठाईएको ग्यालेक्सी स्मार्टफोन १ दिन कै प्रयोगमा बिग्रिएको छ ...

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

Ncell Footer Ad