७ वैशाख २०८१ शुक्रबार
समाज

चार कराेडभन्दा बढी रकम ठग्ने नै सुरक्षा खोज्दै प्रहरीकहाँ पुगेपछि...

लमजुङ (बेसीसहर)-रु चार करोडभन्दा बढी ठगी गर्ने लमजुङका एक व्यक्ति आफैँ प्रहरी शरणमा पुगेका छन् । स्थानीय गौँडा घर भई पछिल्लो समय काठमाडौँ बस्दै आएका बिर्दसिङ गुरुङ प्रहरीको शरणमा पुगेका हुन् ।

केही वर्ष मलेसिया बसेका गुरुङले तीन वर्षअघि गृहजिल्ला लमजुङ आएर लमजुङ मिडिया नेटवर्क कम्पनी प्रालि सञ्चालन गरेका थिए । गुरुङले सो नेटवर्कको नाममा विभिन्न व्यक्तिलाई ठगी गरेको खुलासा भएको छ ।

गुरुङबाट ठगिएका पीडितले बुधबार सदरमुकाम बेसीसहरमा पत्रकार भेटघाट गरी आफूहरु ठगिएको बारे जानकारी गराएपछि विभिन्न व्यक्तिबाट गुरुङले रु चार करोडभन्दा बढी रकम ठगी गरेको तथ्य खुलेको थियो ।

पत्रकार भेटघाटका क्रममा दाङका डिलाराम बुढाथोकीले आफूबाट मिडिया नेटवर्कका लागि भन्दै रु ७३ लाख लिएको बताए। पटक पटक रकम फिर्ता माग्दा भुक्याउने र भाग्ने गरेको पीडित बुढाथोकीले गुनासो गरे। रकम तिर्ने क्रममा बाउन्स (खातामा पैसा नभएको) चेक दिएर झुक्याएको उनको भनाइ थियो ।

यसैगरी तनहुँका कृष्णराज खतिवडाले पनि आफूबाट घडेरी र नगद रु १८ लाखभन्दा बढी रकम ठगी गरेको बताए। बैंकबाट ऋण लिने भन्दै पोखरामा रहेको चार आना घडेरी उसको नाममा गराइदिएको खतिवडाले बताए।

गुरुङले काठमाडौँको बैंकबाट रु दुई करोड ऋण लिनको लागि धितो राख्न जग्गा पुगेन भन्दै खतिवडाको जग्गा आफ्नो नाउँमा पास गराएका थिए । रु ३५ लाख मूल्यमा चार आना जग्गा पास गरिदिएको खतिवडाले बताए।

“रु दुई करोड ऋण लिएपछि तपाईको सबै रकम तिरिदिन्छु भन्यो, रु १८ लाख पाउने आशामा जग्गा पास गरिदिँए, न रु १८ लाख पाएँ, न जग्गानै मेरो रह्यो” खतिवडाले भने, “दुई पटकसम्म बाउन्स चेक दिएर झुक्यायो, रु १८ लाखसँगै थप रु ३५ लाख खायो ।”

यसैगरी गुरुङले बेसीसहरका राम श्रेष्ठबाट रु १३ लाख ५० हजार ठगी गरेका छन् । गुरुङले प्रयोग गर्दै आएको गाडी किन्न भन्दै रु २५ लाख बुझाएको र पछि नामसारी गर्ने क्रममा फरार भएको श्रेष्ठले बताए।

“पसलमा आएर नगद तिरेर सबैभन्दा महँगा मोबाइल किन्ने गथ्र्यो, आउँदै करोडको कारोबार गर्ने गफ गथ्र्यो, मैले उसको गाडी किन्ने कुरा गरेँ, विश्वास गरेर दुई किस्तामा रु २५ लाख दिएँ” श्रेष्ठले भने, “पछि थाहा भयो मैले किनेको गाडी सहरकारीको नाममा रैछ ।

गुरुङले केही दिनका लागि भन्दै काठमाडाँैका सनम तामाङबाट रु ३५ लाख, पोखराका कुलबहादुर गुरुङबाट रु २० लाख, बेसीसहरका डिलबहादुर गुरुङबाट रु २० लाख, शुकराम तामाङबाट रु २० लाख, बेसीसहरका पूर्णचन्द्र पोख्रेलबाट रु १५ लाख, सुन्दरबजारका मोहन गुरुङबाट रु १५ लाख, बेसीसहरस्थित भूपू सहकारीबाट रु १० लाख, मगर गुरुङबाट रु सात लाख, तथा काठमाडौँका गम्भीर नगरकोटीबाट रु १३ लाख, वीरेन्द्र पौडेलबाट रु १० लाख, र विष्णु धितालबाट रु १० लाख ठगेको पनि खुलेको छ ।

यस्तै गौँडाकी बलकुमारी गुरुङबाट रु तीनलाख ५० हजार, सुन्दरबजारकी नौमाया गुरुङबाट रु दुई लाख, बेसीसहरका गणेश फेन्सीबाट रु एक लाख ५० हजार, प्रवीण गुरुङबाट रु एक लाख ५० हजार रकम लिएका गुरुङलसो नेटवर्कका अन्य सेयर सदस्यले थाहा नपाउने गरी कम्पनी बिक्री गरी सबै रकम लिएर फरार भएका थिए ।

पीडितले गुरुङलाई खोज्ने क्रममा झापाको विर्तामोडमा भेट्टाएर जिल्ला ल्याएपछि असुरक्षा महसुस गर्दै पीडक आफैँ प्रहरी हिरासतमा पुगेका थिए ।

ठगी गरेको भन्दै मिडिया प्रालिका सदस्यले गुरुङ बिरुद्ध प्रहरीमा उजुरी गरेपछि प्रहरीले ठगीको आरोपमा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले रु सात लाख धरौटीमा रिहाइ गर्न आदेश दिएपनि गुरुङ भने बाहिर असुरक्षाको महसुस गर्दै कारागारभित्रै बसेका छन् ।

गुरुङ कारागारमा परेको हल्ला चलेपछि उनीबाट ठगिएका सार्वजनिक हुने क्रम दैनिक थपिँदै जानुका साथै उसका नागरिकताको प्रतिलिपि, विभिन्न ठाउँमा भएका जग्गाको नक्कली लालपुर्जा, लाइसेन्सलगायतका कागज बनाएको पनि भेटिएको छ । गुरुङले आफ्नो राहदानीमा रातो खोल राखेर रातो पासपोर्ट भनि झुक्याउने गरेको समेत भेटिएको छ । रासस

प्रकाशित: १४ पुस २०७३ ०८:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App