coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोना भाइरसविरुद्ध जुम्लामा र्‍याली

जुम्ला खलंगामा कोरोना भाइरसविरुद्ध निकालिएको सचेतना र्‍याली । तस्बिर : नागरिक

जुम्ला- जुम्लामा कोरोना भाइरसविरुद्ध र्‍याली निकालिएको छ। चीनमा कोरोना भाइरसको प्रकोप फैलिएपछि नेपालको जुम्लामा पनि उच्च सतकर्ता अपनाइएको हो। बुधबार नोवेल कोराना भाइरसका बारेमा चन्दननाथ नगरपालिकाको खलंगामा र्‍याली निकालिएको थियो। प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जुम्लाको बसपार्कदेखि जिल्ला ट्राफिक कार्यालय हुँदै सदरमुकामको बालमन्दिर नजिकै र्‍याली कोणसभामा परिणत भएको थियो।

कोणसभाका क्रममा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाका डाक्टर देवेन्द्रमान पालिखेले कोरोना भाइरसबाट बच्ने उपाय बारेमा जानकारी दिएका थिए। अहिले कोरोना भाइरस बारेमा निकै चर्चा छ। यो भाइरसबाट बच्नको लागि सबैले उच्च सतर्कता अपनाउन जरुरी छ। उनले भने,‘यसका लागि सबै क्षेत्र जिम्मेवारी पूर्वक लाग्नु पर्ने देखिन्छ।’

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा सचेतना ¥याली निकालिएको थियो। डाक्टर देवेन्द्रमान पालिखेले थपे,‘चीनमा फैलिएको निमोनिया जस्तै मानिसको मृत्यु गराउने कोरोना भाइरसको संक्रमण जुम्लामा पनि आउन सक्छ। यहाँका नागरिक सचेत हुनुपर्छ।’ उनले रुघाखोकी लागेमा सामान्य रुपमा नलिएर चिकिसत्कको सल्लाह लिन आग्रह गरे। कुनै पनि मानिसलाई झाडापखाला निमोनिया जस्ता लक्षण देखा पर्न बितिकै स्वास्थ्य जाँच गराउन नजिकैको स्वास्थ्य संस्था र अस्पतालमा लैजानु होला। यो नै राम्रो पक्ष मानिने छ।’

चीनसँग सीमा जोडिएको छैन। तर जुम्लामा हवाई जहाज मार्फत हुम्ला मुगु लगायतका नागरिकको आवत जावत बढी नै देखिन्छ। जसका कारण जुम्लामा कोरोना भाइरस प्रवेश गर्न सक्छ। उनले भने,‘प्रतिष्ठानले छुट्टै युनिट खडा गरेर उपचार गर्ने तयारी गरिरहेको छ। एक महिनादेखि चीनबाट महामारीको रूपमा फैलिएको कोरोना भइरस विश्वका धेरै देशहरूमा फैलिएपछि जुम्लामा पनि  सतकर्ताका लागि सचेतना र्‍याली निकालिएको प्रमख जिल्ला अधिकारी दुर्गा बञ्जाडे बताउँछिन्।

कोरोना भाइरसको संक्रमण हुनु पूर्व नै सचेतनाका क्रियाकलाप अघि बढाएको हो। प्रमुख जिल्ला अधिकारी बञ्जाडेले कोरोना भाइरसकाविरुद्ध विश्व स्वास्थ्य संगठनले स्वास्थ्य आपतकाल घोषणा गरेसँगै नेपालमा पनि उच्च सतकर्ता बढाइएको बताइन्। कोराना भाइरसकाविरुद्ध बजार र्‍याली गरी कसरी यसबाट बच्ने र रोग लाग्नु भन्दा नलाग्न कसरी ध्यान दिने भन्ने बारेमा नागरिक स्तरमा सचेतना कायक्रम गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी लालबहादुर धामीले कोराना भाइरस लगायतका बिभिन्न रोगबाट बच्ने, यसका लक्षणका बारेमा नागरिकलाई सहजीकरण गर्न जनचेतना अभिवृद्धिका क्रियाकलाप भइरहेको बताउँछन्। उनले भने,‘कोराना भाइरस एक सरुवा रोग हो। यसबाट बच्न स्वयम आफै सचेत हुनु पर्छ।’

ज्वरो आउनु र खोकी लाग्नु, छिटोछिटो सास फेर्नु, श्वासप्रश्वासमा कठिनाइ हुुनु कोरोना भाइरसका लक्षण हुन्। यस्तो समस्या आइपर्ने बित्तिकै कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आई समयमै उपचार गराउन डाक्टर सुमन श्रेष्ठले आग्रह गरिन्। उनले भनिन्,‘यो रोगबाट आफू पनि बचौँ, अरुलाई बचाउनको लागि पहल थालौँ।’
 

प्रकाशित: २२ माघ २०७६ ११:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App