८ वैशाख २०८१ शनिबार
समाज

मस्र्याङ्दी–स्यूचाटार प्रसारण लाइनमा समस्या हुँदा अबरूद्ध भएकाे विद्युत् आपूर्ति सुचारू

काठमाडौँ- मस्र्याङ्दी–स्युचाटार १३२ केभी प्रसारण लाइनमा आएको खराबीका कारण राजधानी काठमाडौँ र आसपासको क्षेत्रमा अवरुद्ध भएको विद्युत् प्रसारण पुनः सुरु भएको छ ।

प्राधिकरणले कुलेखानी–स्युचाटार प्रसारण लाइनमार्फत विद्युत् उपलब्ध गराएर विद्युत् नियमित गरेको जनाएको छ । आज बिहान ७ः२० बजे एकाएक मस्र्याङ्दी–स्युचाटार प्रसारण लाइनको जम्पर तार टुट्न गई राजधानीमा साढे दुई घन्टा विद्युत् अवरुद्ध हुन पुगेको थियो ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले प्राविधिक टोली तार टुटेको स्थानमा पुगी मर्मत कार्य अगाडि बढाइसकेको जानकारी दिए। वैकल्पिक उपायका रुपमा कुलेखानीको सप्लाइ युनिटबाट विद्युत् सेवा सञ्चालन गरिएको उनले जानकारी दिए । रासस

प्रकाशित: १४ पुस २०७३ ०८:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App