८ वैशाख २०८१ शनिबार
समाज

ख्वपका उत्कृष्ट विद्यार्थी पुरस्कृत

भक्तपुर- भक्तपुरको देकोचास्थित ख्वप माविको २० औं, ख्वप कलेजको १८ औं र शारदा क्याम्पसको २९ औं वार्षिकोत्सवका उत्कृष्ट विद्यार्थीहरु पुरस्कृत भएका छन्। कलेजमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र र कानुन संकायमा दश जोड दुईदेखि स्नातकोतर तहसम्मका उत्कृष्ट विद्यार्थी पुरस्कृत भएका हुन्।

वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजयी विद्यार्थी तथा समूहलाई पनि पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ। वार्षिकोत्सवको अवसरमा बक्तृत्वकला, चित्रकला, हाजिरीजवाफ, बास्केटबल प्रतियोगिता भएका थिए। यी सबै प्रतियोगिताहरु कक्षा ८ देखि १० स्तरीय, कक्षा ११ र १२ स्तरीय र कलेजस्तरीय प्रतियोगिताहरु भएका थिए।

प्रतियोगितामा काठमाडौं उपत्यका र उपत्यकाबाहिरका विभिन्न स्कुलकलेजहरु पनि प्रतिस्पर्धी रहेका थिए। साथै स्कुलकलेजमा दस वर्षसम्म निरन्तर सेवारत शिक्षक प्राध्यापकहरुलाई पनि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन्।

कार्यक्रममा संघीय सांसद प्रेम सुवाल, बागमती प्रदेशका सांसदहरु सुरेन्द्रराज गोसाई, सृजना सैजू, राष्ट्रिय बोर्डका अनसुन्धान, गुणस्तर तथा प्रशासकीय सुधार महाशाखाका प्रमुख डा. रामचन्द्र पाण्डे, भक्तपुरका एसपी सविन प्रधान, कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, कलेज व्यवस्थापन समितिका उपाध्यक्ष एवं भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, ख्वप कलेजका प्रिन्सिपल रुपक जोशी, ख्वप माविका प्रिन्सिपल प्रकाशकुमार श्रेष्ठलगायतका शिक्षा क्षेत्रका विविध विषयमा आआफनो धारणा राखेका थिए।

कार्यक्रममा कलेजका प्राचार्य जोशीले कलेजका विद्यार्थी एमवीएमा पटकपटक त्रिभुवन विश्वविद्यालयको गोल्ड मेडलिष्ट हुन सफल भएका बताए। ख्वप माविका प्रिन्सिपल श्रेष्ठले कलेजमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र र कानुन गरी पाँंच वटा संकायमा देशभरका ६८ जिल्लाका विद्यार्थी अध्ययरत भएको जनाए।

प्रकाशित: २२ माघ २०७६ १०:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App