७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

चीन र ताइवानबीचको विवाद उत्कर्षमा

बेइजिङ–चीनका केही सैन्य जहाज गत सोमबार दक्षिण चिनियाँ सागरभित्र पसेपछि विवाद बढेको छ। चीनले सो रुटमा आफ्ना सैन्य जहाजले सामान्य अभ्यास गरेको जनाएको छ। तर चीनको सो कमदप्रति ताइवानले भने आपत्ति जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ताइवानकी राष्ट्रपतिले फोन गरेर बधाइ दिएपछि चीन अमेरिका र ताइवानप्रति रुष्ट बनेको छ। चीन ताइवानलाई अफ्नो भाग मान्दै आएको छ।

ताइवान सरकारले चीनका पाँच सैन्य विमान सोमबार प्राटस आइल्याण्डको दक्षिणपूर्वी क्षेत्र हुँदै दक्षिण पश्चिमतर्फ अगाडि बढेको र सो क्षेत्र ताइवान नियन्त्रित भएको जनाउको छ।

चीनका रक्षामन्त्रीले पश्चिमी प्रशान्त महासागरमा नियमित अभ्यासकालागि सैन्य जहाज सो क्षेत्रमा गएको जनाएका छन्। तर चीनको सो कदमले चीन र ताइवानबीच राजनीतिक विवादका रुपमा चर्चा हुन थालेको छ।

ताइवानले चीनको सैन्य विमान एक एकदिन पहिला नै ताइवानको दक्षिणी भागदेखि ९० माइलको दूरीमा फिलिपिन्स र ताइवानको भूभाग हुँदै गएको  जनाएको छ। ताइवान सरकारका प्रवक्ताले भने, ‘हामी लगायतार स्थितिमाथि निगरानी गरिरहेका छौं र बुझ्ने काम पनि भइरहेको छ।’ ताइवानका विपक्षी दलका वरिष्ठ नेताले चीनले उठाएको कमद अमेरिकालागि जवाफ भएको जनाएका छन्।

चीनको पत्रिका ग्लोबल टाइम्सले भने सो कदमलाई सामान्य अभ्यास भनेको छ। पत्रिकाले भनेको छ, ‘यो अभ्यासले चीनको एअरक्राफ्ट क्यारियरको क्षमता बढेको देखाएको छ।’ केही समय अगाडि अमेरिकी नौसेनाद्वारा दक्षिणी चिनियाँ सागरको आपआसका टापुमा पेट्रोलिङ गरेपछि चीन रुष्ट भएको थियो। चिनियाँ नौसेनाले दक्षिणी चिनियाँ सागरमा अमेरिकाको एक मानवरहित ड्रोन कब्जामा लिएको थियो। तर पछि चीनले सो ड्रोन फिर्ता गरेको थियो।  
 

प्रकाशित: १४ पुस २०७३ ०७:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App