coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

उखु खेती राष्ट्रिय बालीमा कार्यान्वयन हुन सकेन

काठमाडाैँ - उखु खेतीलाई राष्ट्रिय बालीका रुपमा सरकारले घोषणा गरे तापनि कार्यान्वयन हुन नसकेपछि दिनानुदिन उखु किसान मर्कामा पर्दै आएको उखु उत्पादक केन्द्रीय सङ्घ लिमिटेडका अध्यक्ष रामचन्द्रसिंह कुशवाहाले बताए। महोत्तरीको गौशालामा आज बिहान पत्रकारसँग कुरा गर्दै सरकारले स्वयम् उखु खेतीलाई राष्ट्रिय बालीका नाममा घोषणा गरे तापनि कार्यान्वयनमा नआउँदा वर्तमान समयमा किसानले समस्याकाबीच उखु खेती गर्न बाध्यता रहेको जनाएका छन्।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा आफ्नै नेतृत्वमा किसानको पीडा–मर्कालाई सम्बोधन गराउनका लागि सरकारी पक्षकै सहमतिमा उखु खेतीलाई राष्ट्रिय बाली घोषणा गरिएको जानकारी दिएका हुन। वर्तमान परिवेशमा देशमा तीनवटै तहका सरकारका फितलो कार्यनीतिकै कारण वर्तमान समयमा किसान उखु खेती छाड्न बाध्य भएको अध्यक्ष कुशवाहाले आरोप लगाएका हुन।

अध्यक्ष कुशवाहाले अब देशमा रहेका तीनै तहका सरकारले वर्षोदेखी बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी उद्योगलाई सहकारीको माध्यमले सञ्चालन गरेर उखु किसानको समस्या सधैँका लागि अन्त्य गर्नुपर्ने धारणा राखेका हुन। सम्पूर्ण उखु किसान शेयर सदस्य हुने गरी वीरगञ्ज चिनी उद्योग सञ्चालनमा आए किसानका साथै देशलाई समेत आर्थिक रुपमा फाइदा पुग्ने धारणा राखेका छन्।

प्रकाशित: २२ माघ २०७६ ०८:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App