८ वैशाख २०८१ शनिबार
समाज

प्लाष्टिक उद्योगमा आगलागी

वीरगन्ज- वीरगन्जको गण्डक चोक नजिक वाईपास सडकमा रहेको अमृत प्लाष्टिक उद्योगमा बुधवार बिहान आगलागी भएको छ। आगलगीबाट उद्योगमा भारी क्षति भएको अनुमान गरिएको छ। बिहान ३ बजे आगो उद्योग प्रांगणमा फैलिएपछि त्यसलाई नियन्त्रणको प्रयास थालिए पनि ३ घण्टापछि करिब ६ बजे मात्र आगो नियन्त्रणमा आएको थियो।

वडा प्रहरी कार्यालय श्रीपुरका अनुसार आगलगीबाट करिब १ करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ। वीरगन्ज महानगरपालिका, पोखरिया नगरपालिका, कलैया उपमहानगरपालिका रजितपुर सिमरा उपमहानगरपालिकाबाट आएका बारुण यन्त्रहरुको सहयोगमा सुरक्षाकर्मी र अग्नी नियन्त्रकले आगोमाथि नियन्त्रण लिएका थिए।

आगलागीबाट कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक बिरेन्द्रबहादुर शाहीले बताए। आगलागी कसरी भयो भन्ने बारे अनुसन्धान भइरहेको उनले जनाए।

प्रकाशित: २२ माघ २०७६ ०६:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App