coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

संसद्मा चार विधेयक पेस

काठमाडाैँ – लामो समयदेखि चर्चामा रहेको बैँक तथा वित्तीय संस्था (बाफिया) लगायत चारवटा विधेयक संघीय संसद्को प्रतिनिधिसभामा पेस भएको छ। मंगलबार अर्थमन्त्री युवराज खतिवडाले बैँक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक, सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ लाई संशोधन गर्र्न बनेको विधेयक, नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गर्न बनेको विधेयक र धितोपत्रसम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक पेस गरेका हुन्।

कार्यालयबाटै बिमा कम्पनीको नियमन
जीवन तथा निर्जीवन बीमा कम्पनीको जोखिम विश्लेषण गरी बिमा समितिको कार्यालयबाटै नियमन हुने भएको छ। तथ्यांकका आधारमा हरेक कम्पनीको जोखिम विश्लेषण गरी नियमन गर्न लागेको बिमा समितिले जनाएको छ। समिति सञ्चालक समितिको बैठकले ‘जोखिममा आधारित गैरस्थल सुपरिवेक्षण कार्यविधि २०७६’ पारित गरेपछि बिमा कम्पनीको तथ्यांकको आधारमा कार्यालयबाट नियमन सुरुगरिएको जनाएको छ।

कार्यालयबाट नियमन गर्न सकिने व्यवस्था लागू भएपछि बिमा कम्पनीलाई आवश्यक निर्देशन दिने उद्देश्यले समितिले आन्तरिक निर्देशिका जारी गरी कार्यान्वयन गरेको हो। समितिले जीवन तथा निर्जीवन बिमा कम्पनीको लगानी गर्ने ऋण, तरलता, दाबी भुक्तानी आदि क्षेत्रमा हुने जोखिमको विश्लेषण गरी वित्तीय सुधारका लागि कार्यालयबाट नियमन गरिने जनाएको छ।

प्रकाशित: २२ माघ २०७६ ०३:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App