coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

फागुन २ बाट धादिङ महोत्सव

धादिङ महोत्सवबारे जानकारी दिँदै आयोजक। तस्बिर : सरिता/नागरिक

धादिङ – आगामी फागुन २ देखि १३ गतेसम्म ‘सातौं धादिङ महोत्सव २०७६’ हुने भएको छ। धादिङ उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्न लागेको हो।

जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङबेसीमा आयोजना हुने मेलाका लागि तयारी तीव्र पारिएको छ। महोत्सव आयोजनास्थलमा निर्माणसामग्री ल्याइएको छ भने प्रचारप्रसार तीव्र पारिएको छ। महोत्सवबारे जानकारी दिन आयोजक संस्थाले मंगलबार धादिङबेसीमा पत्रकार सम्मेलन गरेको हो।

जिल्लाको कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रको प्रचारप्रसार तथा भ्रमण वर्ष २०२० लाई लक्ष्य गर्दै महोत्सवको आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीले बताए। ‘महोत्सवले जिल्लाभित्र उत्पादित कृषिजन्य उत्पादन, पर्यटकीय क्षेत्र, जडीबुटी उत्पादनको प्रचारप्रसार हुनेछ,’ उनले भने, ‘महोत्सव दुई लाख दर्शकले अवलोकन गर्ने र पाँच करोड रुपैयाँभन्दा बढीको कारोबार हुने लक्ष्य राखेका छौं।

महोत्सवको मुख्य आकर्षणका रुपमा कृषि प्रदर्शनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुप्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनप्रदर्शनी तथा बिक्रीवितरण रहने छन्। महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति पनि रहनेछ। महोत्सवमा साहसिक खेल जिपलाइनको मज्जा पनि लिन सकिने बताइएको छ। महोत्सवबाट नाफा भएको रकम सामाजिक कार्यमा लगाउने अध्यक्ष खत्रीले बताए।
महोत्सवमाएक सय ५५ वटा स्टल रहने आयोजकले जानकारी दिए।

प्रकाशित: २२ माघ २०७६ ०३:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App