coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

काठमाडाैं विश्वविद्यालयको बैठक सम्पन्न

बनेपा – काठमाडौं विश्वविद्यालयको विशेष सभाको दोस्रो बैठक मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ। विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले गत माघ १३ गतेको सभा बैठकमा बाँकी रहेका विषयवस्तुहरूमा छलफल भएको बताइएको छ।

बैठकमा कुलपति ओलीले विश्वविद्यालयको सबैभन्दा ठूलो साझेदार भनेकै विद्यार्थी र अभिभावक भएकाले उनीहरूलाई राम्रो हुने काम गर्न आग्रह गरेका थिए। ‘तपाईहरूमा ‘मत भेद’ नभई ‘मन भेद’ मात्रै भएको रहेछ।’ उनले भने, ‘तपाईहरू सबैले सबैलाई राम्रोसँग बुझ्नुभएको छ।’ विश्वविद्यालयमा अब बन्द हड्ताल नगर्ने सबैको सहमति भएको छ। त्यसका लागि आचारसंहितासमेत निर्माण गरिएको बताइएको छ।

विश्वविद्यालयमा रहेको समस्यालाई टुंग्याउनका लागि समिति गठन गर्न कुलपति ओलीले निर्देशनसमेत दिएका छन्। विशेषसभाले संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ। समितिका सदस्यहरूमा स्कूल अफ म्यानेजमेन्टका डीन प्रा.डा. विजय केसी, स्कूल अफ लका डीन डा. ऋषिकेश वाग्ले, योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णीम वाग्ले, विश्वविद्यालयसभा सदस्य डा. चन्दा कार्की, सभा सदस्य एवं धुलिखेलका नगरप्रमुख अशोककुमार ब्यान्जू श्रेष्ठ र शिक्षक प्रतिनिधिका रूपमा डा. धिरज गिरी रहेका छन्।

प्रकाशित: २२ माघ २०७६ ०२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App