coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

चिनियाँ पर्यटकको विकल्प खोजिँदै

काठमाडौं – चीनको वुहान प्रान्तबाट फैलिएको नोवेल कोरोना भाइरसका कारण नेपालमा चिनियाँ पर्यटकको संख्या घटेपछि यसको विकल्प खोज्ने तयारी भइरहेको छ। होटल एसोसिएसन नेपाल (हान) तथा नेपाल भ्रमण वर्षसचिवालयका पदाधिकारीले नेपाल भ्रमण वर्षको पहिलो महिनामै भाइरसका कारण नेपाली पर्यटन क्षेत्रमा असर परेको जनाउँदै चिन्ता व्यक्त गरे।

मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै हानकी अध्यक्ष सृजना राणाले पछिल्लो समय चिनियाँ पर्यटकमा कमी आएपछि छिमेकी भारत, बंगलादेश, मध्यपूर्व, दक्षिणपूर्वी एसियालगायत देशबाट पर्यटक भित्र्याउन पहल भइरहेको बताइन्। परिस्थितिलाई मध्यजनर गर्दै सम्पूर्ण पर्यटन व्यवसायीले बेलाबखत आइपर्ने यस्ता समस्यालाई सामना गर्न सिक्नुपर्ने उनको भनाइ छ। भाइरसको संक्रमण देखिए तुरुन्तै एक्सनमा जान हान तयार रहेको भन्दै राणाले भाइरसका कारण चीन र त्यहाँको ट्राभल एजेन्सीले टुर प्याकेज घोषणा गर्न नसकेका कारण नेपाली पर्यटनमा चिनियाँ पर्यटकको संख्यामा कमी देखिएको र चाँडै परिस्थिति नियन्त्रणमा आई नेपालको पर्यटन बजारमा सुधार हुँदै जाने बताइन्।

भाइरसबाट नेपाल असुरक्षित नरहेको सन्देश अन्तर्राष्ट्रिय जगतमा उपयुक्त ढंगबाट सम्प्रेषण हुन नसक्दा बुकिङ रद्द हुने सम्भावनालाई न्यूनीकरण गर्न हान तयार रहेको उनको भनाइ छ। भ्रमण वर्ष सचिवालय राष्ट्रिय संयोजक सुरज वैद्यले तत्कालै अन्य पर्यटन स्रोत बजारबारे पनि नेपाल सरकार, हवाई कम्पनीलगायत सबै सरोकारवालासँग छलफल गरी विशेष पर्यटन प्याकेजको तयारीमा लागेको जानकारी गराए। नेपाल आउने चिनियाँ पर्यटकको संख्या बढाएर दुई लाखबाट पाँच लाख पु-याउने उद्देश्यमा कोरोनाभाइरसको संक्रमणले प्रभाव पार्नसक्ने उनको भनाइछ।चिनियाँ पर्यटकमा कमी आएपनि अन्य मुलुकबाट थप पर्यटक भित्र्याउने तथा अन्य मुलुकबाट चीन जाने पर्यटकलाई नेपालतर्फ आकर्षण गर्न विशेष प्याकेजको तयारीमा लागेको वैद्यले जानकारी दिए।

हानका प्रथम उपाध्यक्ष विनायक शाहले नेपाल अहिलेसम्म उक्त भाइरसबाट सुरक्षित रहेपनि यसको सन्देश अन्तर्राष्ट्रिय स्तरसम्म नपुगेकाले होटलमा हुनसक्ने सम्भावित बुकिङ रद्द न्यूनीकरण गर्न समेत सचेत रहेको बताए।

प्रकाशित: २२ माघ २०७६ ०२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App