coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सांसद डिसीमाथि ठगी उजुरी

काठमाडौं – कांग्रेस सांसद पार्वता डिसी (चौधरी)विरुद्ध संसद् सचिवालयमा ठगीको उजुरी परेको छ। आइतबार महासचिव मनोहरप्रसाद भट्टराईलाई सम्बोधन गर्दै परेको उजुरीमा सांसद डिसी (चौधरी)ले ८ लाख ठगेको उल्लेख भएको स्रोतले बतायो।

प्रतिनिधिसभामा दाङबाट नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद बनेकी उनले आफ्नो जिल्लाका कांग्रेस कार्यकर्तालाई नै ठगेको भन्दै उजुरी परेको हो। दाङको तत्कालीन गढवा गाविसका कांग्रेस उपसभापतिसमेत रहेका कृष्णराज पाण्डे र लालबहादुर थापाले संसद् सचिवालयमा उजुरी दिएका हुन्। संसद् सचिवालयले उजुरी दर्ता गरेर कानुन शाखामा पठाएको छ। तर कानुन शाखाले के गर्ने भन्ने विषयमा छलफल गर्ने तयारी गरेको छ।

चौधरीलाई उनको लक्ष्मी विकास बैंकको खातामा दुईपटक रकम पठाएको भौचरसमेत सचिवालयमा पेस गरिएको छ। ‘२०७४ सालको निर्वाचनको समयमा उनको छोरी भूमिका चौधरीको खातामा रकम पठाइएको उजुरी गरिएको छ। ‘सांसद चौधरीले भने टोपबहादुर विसीसँग कारोबार गरेको उनले मलाई रकम दिनुपर्नेछ। तर टोपबहादुर विसीबाहेक मैले कृष्णराज पाण्डे र लालबहादुर थापालाई मैले चिनेकी पनि छैन,’ उनले भनिन्। पाण्डेले लक्ष्मी बैंकको खातामा २०७४ असोजमा ३ लाख र थापाले ५ लाख गरी ८ लाख रुपैंया जम्मा गरेको उनीहरूले दाबी गरेका छन्।

प्रकाशित: २२ माघ २०७६ ०२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App