coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

'पार्टीभित्र ३३ प्रतिसत महिला प्रतिनिधित्व पुर्‍याइनेछ'

फाइल तस्बिर

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र ३३ प्रतिसत महिलाको प्रतिनिधित्व पुर्‍याउने प्रतिबद्धता जनाएका छन्। अखिल नेपाल महिला संघको एकीकरण तथा शपथग्रहण कार्यक्रममा बोल्दै समावेशिता, समानताको मुद्दाबाहिर नभई पार्टीभित्र उठाउन आग्रह गर्दै प्रधानमन्त्री ओलीले पार्टीभित्रैबाट सबैको माग पूरा हुने बताए।

‘३३ प्रतिसत प्रतिनिधित्वको कुरा बाहिर गएर होइन पार्टीभित्रै छलफल गरेर पूरा हुन्छ। हामीले ३३ प्रतिसत समावेशी प्रतिधित्वको कुरा होइन समानताको कुरा गरेका छौं। कम्तीमा ५० प्रतिसत महिला नेतृत्वको कुरा गर्नुस्,’ उनले भने। उनले महिलालाई राष्ट्रपति र सभामुख बनाउने एउटा मात्रै पार्टी नेकपा भएको पनि चर्चा गरे।

कार्यक्रममा महासचिव विष्णु पौडेलले ४ सय ७५ सदस्यीय महिला संघ केन्द्रीय समितिका पदाधिकारी र सदस्यलाई शपथ गराएका थिए। गोमा देवकोटा इन्चार्ज र अमृता थापा संयोजक रहेको ४ सय ७५ सदस्यीय अखिल नेपाल महिला संघको केन्द्रीय समितिमा पूर्वएमाले पक्षबाट ५५ प्रतिशत र पूर्व माओवादी पक्षबाट ४५ प्रतिसत प्रतिनिधित्व रहेको छ। महिला संघको केन्द्रीय सदस्यमा राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारी पनि परेकी छन्।

प्रकाशित: २२ माघ २०७६ ०२:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App