८ वैशाख २०८१ शनिबार
खेल

दुई नेपाली जोडी क्वार्टरमा

काठमाडौं – आइटिएफ जुनियर्स जे–५, २०२० टेनिस च्याम्पियनसिपको सर्किट–१ अन्तर्गत मंगलबार नेपालका दुई जोडी महिला डबल्समा क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

नेपालका अभिलाषा विष्ट र इरा रावतको जोडीले भारतकी मार्यम सेराज र नेपालकी रायना शाहको जोडीलाई ७–६(६) र ६–२ तथा नेपालका प्रेरणा कोइराला र सलोनी तामाङको जोडीले भारतकी सतभिसा घोष र नेपालकी प्रकृति श्रेष्ठको जोडीलाई ६–० र ६–१ को सोझो सेटमा पराजित गर्दै क्वार्टरफाइनलमा पुगेका हुन्।

पुरुष/महिला सिंगल्समा भने नेपालको चुनौती समाप्त भइसकेको छ। दोस्रो दिन मंगलबारको खेल सकिँदा  प्रतियोगितामा समावेश पुरुष/महिला सिंगल्स र डबल्स चारै स्पर्धामा क्वार्टरफाइनल समीकरण पूरा भएको छ।

प्रकाशित: २२ माघ २०७६ ०१:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App