६ वैशाख २०८१ बिहीबार
समाज

कृषि सचिवको राजीनामा स्वीकृत

काठमाडौं- कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ । खुल्ला प्रतिस्पर्धाबाट संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) एसियाप्यासिफिक प्रमुखमा नाम निस्किएपछि जिसीले राजीनामा पेश गरेका थिए ।

माघ २९ गतेबाट कार्यान्वयन हुने गरी राजीनामा स्वीकृत भएको सचिव जिसीले बताए । करिब ११ वर्ष प्राध्यापन गरेपछि खुल्ला प्रतिस्पर्धाबाट निजामति सेवामा प्रवेश गरेका जिसीले दुई वर्ष पदावदी बाँकी छँदा राजीनामा दिएका हुन् ।

निजामित सेवामा भए पनि आफ्नो पेन्सन नहुने भएकाले राजीनामा गरेको बताए । स्वीजरल्याण्डबाट विद्यावारिधी गरेका जिसीले खुल्ला प्रतिस्पर्धाबाट एफएओमा नाम निकालेका हुन् । आफू एफएओमा गए पनि त्यहाँबाट नेपालको कृषि क्षेत्रको विकासमा सघाउने बताए ।

‘एफएओले नेपालको कृषिमा सघाउँदै आएको छ,’ उनले भने, ‘क्षेत्रीय तहमा बसेर सघाउँछु ।’ एफएओको बैंककमा बसेर ४५ देशलाई हेर्ने उनले बताए ।

प्रकाशित: २१ माघ २०७६ १४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App