coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

भ्रष्टाचार अन्त्य गर्न माग

काठमाडौं- नेपाल राष्ट्रिय सनातन पार्टीले आज यहाँ पत्रकार सम्मेलन गरी पछिल्लो समयमा हरेक क्षेत्रमा कमिशन र भ्रष्टाचारको खेल मौलाउँदै गएको आरोप लगाएको छ । गाँस, बास कपास, पूर्वाधार विकासलगायत जनताका समस्या ज्यूँका त्यूँ रहेको भन्दै भ्रष्टाचारमा संलग्न व्यक्तिलाई कारबाही गरी विकासमा केन्द्रीत हुन सरकारसँग सो पार्टीले आग्रह गरेको हो ।

पार्टीका अध्यक्ष गोविन्दप्रसाद रिजालले भने, “सत्ताका लागि हुने अस्वस्थ प्रतिस्पर्धा, राष्ट्रिय गौरवको आयोजनामा देखिएको कमिशनको खेल, सरकारी निकायमा देखिएको भ्रष्टाचारले सुशासन कायम हुन सकेको छैन ।”

सो पार्टीले यही माघ ५ गते  निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको थियो । रिजालको नेतृत्वमा २१ सदस्यीय केन्द्रीय समिति गठन भएको छ । पार्टीको उपाध्यक्षमा शङ्कर थापा र विष्णुप्रसाद शिवाकोटी, महासचिवमा गणेश घिमिरे, सचिवमा प्रज्जवलकान्त मैनाली र कोषाध्यक्षमा अनिता शर्मा छन्।

प्रकाशित: २१ माघ २०७६ १४:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App