coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दुई वर्षमा २९ विधेयक, १०९ पटक बैठक

वीरेन्द्रनगर- कर्णाली प्रदेशसभाले गठन भएको दुई वर्षको अवसरमा आफ्नो स्थापना दिवस मनाएको छ । वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी प्रदेशसभाले स्थापना दिवस मनाएको हो ।

कर्णाली प्रदेशसभाको पहिलो बैठक २०७४ माघ २१ ग्ते बसेको थियो भने अन्तिम बैठक २०७६ असोज १० गते बसेको थियो । पहिलो अधिवेशनमा २२, दोस्रो अधिवेशनमा ४१, तेस्रोमा १३ र चौथो अधिवेशनमा ३३ पटक बैठक बसेको छ । कर्णाली प्रदेशसभामा ३७ वटा विधेयक दर्ता भएका थिए । त्यसमध्ये २९ वटा विधेयक संसद्बाट पारित भई प्रदेश प्रमुखले प्रमाणीकरण गरेका छन् ।

उक्त सभाबाट निर्णय भई छलफलका लागि विषयगत समितिमा चारवटा पठाइएको संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार दुईवटा विधेयक प्रदेशसभामा टेबुल हुन बाँकी छन् । संसद्का चारवटा समिति अर्थ तथा प्राकृतिक स्रोत समिति, विधायन तथा प्रदेश मामिला समिति, सामाजिक विकास समिति र सार्वजनिक लेखा समिति छन् । यी समिति हालसम्म नेतृत्वविहीन हुँदा ज्येष्ठ सदस्यले अध्यक्षता ग्रहण गर्दै आएका छन् ।

सिंगो मुलुक विकास र समृद्धिको यात्रामा अगाडि बढेको कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बताए । विधिको शासनका लागि कानुनको निर्माण एक महŒवपूर्ण भएको भन्दै उनले यसको कार्यान्वयन झन महŒवपूर्ण हुने बताए । त्यस्ता कानुनमा पर्याप्त छलफल हुनु पर्ने उनको भनाइ छ । विकास निर्माणमा तीनै तह संघ, प्रदेश र स्थानीय तहका सरकारबीच समन्वय र सहकार्य हुनु पर्ने उनको भनाइ छ ।

यस क्षेत्रका नदीबाट बगी रहेको हाइ करेन्टको पानीबाट विद्युत उत्पादन, बहुमूल्य जडीबुटीको संरक्षण, संवृद्धन र प्रशोधनका साथै कर्णालीको अनुपम प्राकृतिक छटाह एवं सांस्कृति विविधताको स्वदेश तथा विदेशमा प्रचार प्रसार गरी पर्यटन प्रवद्र्धन भूगर्वमा लुकेर रहेका खनिजको उत्खननमा कर्णाली प्रदेशसभा र सरकार अझ बढी गम्भीरता पूर्वक लाग्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विधेयक धेरै बनाएर भन्दा थोरै बनाएर कार्यान्वयन गर्नुपर्ने बताए । धेरै विधेयक बनाएर कार्यान्वयन नगर्नु भन्दा थोरै बनाएर कार्यान्वयन गर्नु राम्रो हुने उनको भनाइ छ । उनले कर्णालीको विकास बाधक मान्छेको भित्रको कूदृष्टि भएको बताए । ‘यहाँ आफू फेल भएको चिन्ता छैन,’ उनले भने ‘यहाँ अर्काे पास भएको चिन्ता छ ।’ यस्तो स्थितिले कर्णालीको विकास हुन नसक्ने भन्दै विकासमा सकारात्मक सोच र चिन्तन हुनु पर्ने बताए । कर्णालीका सर्वसाधारणले विकास भएको महसुस गर्न नपाएको पनि बताए ।

त्यस्तै प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले यो या त्यो बहानामा विकासबाट पछि हट्न नहुने बताए । ‘ऐन चाहियो हामी बनाउन सक्छौं, कानुन पनि हामी आफैँँ गर्न सक्छौं,’ उनले भने, ‘यस्तो हुँदा हुँदै हामी किन विकासबाट पछि हिँड्ने ?’ सभामुख राजबहादुर शाहीले सरकार निर्माण हुनु, तीनवटा बजेट पास गर्नु उपलब्धि भएको बताए । प्रदेश सरकारमार्फत हुने कामकाजमा संसदीय समितिले निगरानी गरिरहेको बताए । संसद् खुला संसदको अवधारणा अनुसार चलिरहेको उनको भनाइ छ ।

कर्णाली प्रदेशसभामा २३ प्रत्येक्ष र १० समानुपातिक गरी ४० सांसद छन् । नेकपाका ३३, नेपाली कांग्रेस ६ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एकजनाले प्रदेशसभामा सहभागिता जनाएका छन् । यस प्रदेशसभामा १३ जना महिलाको उपस्थित छ ।

 

प्रकाशित: २१ माघ २०७६ १३:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App