६ वैशाख २०८१ बिहीबार
समाज

मोटरसाइकल दुर्घटना, श्रीमानको मृत्यु , श्रीमती घाइते

धादिङ–पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनी गाविस– ८ मछेडीखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौबाट नुवाकोट जाँदै गरेको बा ६९ प ३३७ नम्बरको मोटरसाइकल दुर्घटनामा परी सोही मोटरसाइल चालक काठमाडौका नागार्जुन–३ का ४५ वर्षीय राजकुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा उनका श्रीमती राजकुमारी श्रेष्ठ घाइते भएकी छन्। घाइतेको स्थानीय स्वास्थ्य सस्थामा उपचार भइरहेको छ । बिहीबार विहान करिब ८ बजे दुर्घटना भएको हो । घुम्ती बाटोमा मोटरसाइकल अनियन्त्रियत भई पल्टिएपछि विपरित तर्फबाट आउदै गरेको ना ४ ख २६८० नम्बरको ट्रकको पछिल्लो टायरले किचेर राजकुमारको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकलाई प्रहरी चौकी बैरेनीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित: १४ पुस २०७३ ०४:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App