७ वैशाख २०८१ शुक्रबार
समाज

संक्रमण फैलिन नदिन सरकारकाे यस्ताे छ तयारी

काठमाडौं- सरकारले नोवेल कोरोना भाइरस संक्रमण र नियन्त्रणका लागि भईरहेका प्रयासबारे संघीय संसदलाई जानकारी गराएको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्या एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारबाट भएका काम कारबाहीको जानकारी गराएका हुन्।

प्रधानमन्त्रीको नेतृत्वमा दुई पटक मन्त्रीहरु र सम्बन्धित विज्ञ सम्मलित बैठक बसेको, स्वास्थ्य मन्त्रीको नेतृत्वमा उच्चस्तरीय निर्देशक समिति बनाएको, प्राविधि र आन्तरिक व्यवस्थापनको काम संयोजनका निम्ति स्वास्थ्य मन्त्रालयको सचिवको नेतृत्वमा कार्यकारी समिति बनाएर काम भईरहेको पनि उनले  स्पष्ट पारे। संक्रमणबाट बच्नका लागि जनचेतना मुलक विज्ञापन बनाइएको र सम्बन्धित विज्ञहरुसँग विभिन्न चरणमा बैठक गरी अन्तरक्रिया, परामर्श गर्ने काम भईरहेको उनले उल्लेख गरे।

कुनै पनि रोगको संक्रमण फैलिएको अवस्थामा संक्रामक रोग ऐन २०२० को दफा २ को ३ अन्र्तगत सरकारले आदेश जारी गरेर व्यक्तिहरुलाई राख्न सक्ने कानुनी प्रावधान अनुसार आदेश जारी पनि गरिसकेको उनले स्पष्ट पारे।

उनले चिनमा रहेका विद्यार्थीलाई ल्याउने विषय गम्भीर प्रश्नको रुपमा रहेको र बिलम्ब नगरि ल्याउने क्रममा सरकार जुटेको स्पष्ट पारे। सरकार नेपाल फर्कन चाहनेलाई ल्याउन तयारी अवस्थामा रहेको र उनीहरुलाई ल्याएपछि अरुलाई संक्रमण नसरोस् भनेर पनि गम्भीर हुनुपर्ने आवश्यकता रहेकाले त्यही अनुसारको सतर्कता अपनाउने तयारी भईरहेको उनले बताए।

युवान प्रान्तमा विमानस्थल बन्द रहेको र यातायात पनि सञ्चालनमा नरहेकाले स्थानीय सरकारसँगको समन्वयनमा त्यहाँका नेपालीलाई नेपाल ल्याई न्यूनतम १४ दिन क्वारेन्टाईनमा राखेर मात्रै सार्वजनिक सम्पर्कमा पठाउने गरि आवश्यक तयारी गरिएको उनले बताए।

कुनै पनि रोगको संक्रमण फैलिएको अवस्थामा संक्रामक रोग ऐन २०२० को दफा २ को ३ अन्र्तगत सरकारले आदेश जारी गरेर व्यक्तिहरुलाई राख्न सक्ने कानुनी प्रावधान अनुसार आदेश जारी पनि गरिसकेको उनले स्पष्ट पारे। उनले तत्कालका लागि ३ वटा अस्पतालमा ४३ वटा वेडको व्यवस्था मिलाईएको र अन्य अस्पतालमा पनि आवश्यक परामर्श भईरहेको, तत्कालका लागि काठमाण्डौ उपत्यका भन्दा बाहिर पोखरा, चितवन, र भैरहवामा हेल्प डेक्सको व्यवस्था गरिएको तथा रसुवा र तातोपानी नाकालाई पनि संभावित जोखिमको ठाउमा राखेर आवश्यक तयारी गरिएको स्पष्ट पारे। उनले सरकारले चीनमा रहेका नेपाली विद्यार्थीलाई ल्याएर राख्ने ठाउ नपाएको भन्ने भनाईमा सत्यता नभएको र ढिलाई गरेको भन्ने भनाईमा पनि सत्यता नभएको दाबी गरे।

प्रतिनिधिसभाको मंगलबारकै बैठकमा समाजवादी पार्टीका सांसद प्रदीप यादवले चीनबाट उद्धार गरि ल्याउने नेपालीलाई राख्ने ठाउँ नपाए संसद भवन खाली गर्न प्रस्ताव गरेका थिए। उनले चीनमा कोरोना भाइरसको उत्पत्ति र बढी संक्रमण पनि फैलिएकाले उनीहरुले यसमा उच्चा सर्तकता र कडा व्यवस्थापन गर्नु जरुरी भएपनि नेपालमा समस्या नभएकाले उसको जस्तै तयारी गर्नुपर्छ भन्ने भनाई तर्कसंगत नभएको बताए।

नेपाल विद्यार्थीलार्य नेपाल ल्याउनु भन्दा अगाडी चिनीयाँ सरकारले परीक्षण गर्ने, पोजेटिभ देखिएमा उतै राख्ने र संक्रमण हो भनेर प्रमाणित नभएको तर जोखिम युक्त क्षेत्रबाट आएकालाई संक्रमण हुन सक्ने भएकाले निगरानीमा राख्ने प्रबन्ध मात्रै मिलाउने काम भएको उनले स्पष्ट पारे। उनले विमानस्थलमा नै हेल्प डेक्स राखिएको र मेसिनबाट जाँच्ने काम भईरहेको पनि उल्लेख गरे। नेपाल फर्कन चाहनेहरुको फर्म भर्नु भनेर गरेको आव्हानमा १ सय ८० जनाले मात्रै फर्म भरेको जानकारी गराए।

माघ १६ गते अन्तराष्ट्रिय स्तरमा इमरजेन्सीको घोषणा गरेको भए पनि व्यापार र यातायातमा कुनै प्रतिवन्ध नलगाइएको उनले स्पष्ट पारे। यसको संक्रमणबाट बिरामी सिकिस्त पनि नहुने र अस्पताल जाने स्थिति कम भएको तथा एउटा बिरामीबाट अर्को स्वस्थ व्यक्तिमा सर्नका लागि २ देखि १४ दिन लाग्ने भएकाले यसमा सावधानी अपनाउनुपर्ने उनले उल्लेख गरे। चीनको युवानबाट पढेर फर्किएका एक विद्यार्थीमा कोरोना भाइरस संक्रमण देखिएको भए पनि अहिले नियन्त्रणमा आईसकेको र शंंकास्पद १३ जनाको परीक्षणमा पोजिटिभ नदेखिएको उनले स्पष्ट पारे।

कोरोना भाइरसका संक्रमणबाट जोगिन गरिएको काम र चीनमा रहेका नेपालीलाई फिर्ता ल्याउने सम्बन्धमा मन्त्रीले राखेको भनाईमा १४ जना सांसदले प्रतिप्रश्न गरेका थिए।

उनले विश्व स्वास्थ्य संगठनको सोमबार सांझसम्मको तथ्यांक अनुसार, विश्वका २३ मुलुकमा कोरोना भाइरस फैलिएको छ। यसबाट १७ हजार ३ सय ५१ जनाहरु संक्रमित रहेको र सबै भन्दा बढी चीनमा १७ हजार २ सय ३८ जना संक्रमित रहेका छन्। संगठनको आधिकारिक तथ्यांक अनुसार, हालसम्म कोरोना भाइरसको संक्रमणबाट ३ सय ६२ जनाको मृत्यु भएको छ।

मत्यु हुने सबै चिनीयाँ नागरिक छन्। ३ सय ६१ जनाको चीनमा र चीन बाहिर फिलिपिन्समा गएको बेला एक जना चिनियाँ नागरिकको मृत्यु भएको छ। कोरोना भाइरस ३१ डिसेम्बर २०१९ मा पहिलो पल्ट सार्वजनिक भएको थियो। चीनको युवान प्रान्तबाट उत्पत्ति भएको यो भाइरसको संक्रमण चीनका २२ वटा प्रान्तमा फैलिएको र विश्वका २३ मुलुकमा यसको संक्रमण देखिएको विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकले देखाएको छ।


 

 

 

प्रकाशित: २१ माघ २०७६ १०:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App