coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पैसामा विवाद भएपछि अजिताको हत्या, हराएको मोबाइलले खुल्यो पोल

मकवानपुर - हेटौंडा उपमहानगरपालिका ११ की २९ वर्षीय अजिता भुजेलको हत्यामा संलग्न रहेकाे आराेपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, मकवानपुरले मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न ५ आरोपी प्रहरीले सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा हेटौंडा ९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा ४ का २५ वर्षीय सुशील थापा मगर, २४ वर्षीय आशिष बल, हेटौंडा १४ का २१ वर्षीय बुद्ध लामा र हेटौंडा ११ की २० वर्षीया एलिसा पाख्रिन रहेका छन्।

तेस्रो लिंगी अजितासँग यौन सम्पर्क गरेकाे र पैसाको विषयमा विवाद भएपछि हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख तथा प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले जानकारी दिए। उनका अनुसार ना६ख ६५२७ नम्बरको ट्रकका सहचालक परियार र मगरसहित चारै जनाले भुजेलसँग माघ ३ गते हेटौंडा ११ थानाभयाङमा ७ हजार रूपैयाँ दिने सहमतिमा ट्रकको क्याबिनमा यौन सम्पर्क गरेका थिए। तर पैसाको कुरामा विवाद भएपछि राति वायरिङ गर्ने बिजुलीको तारले घाँटीमा कसेर भुजेलको हत्या गरेको खुलेको हो।

हत्या गरेर शव ट्रकमै राखेर अभियुक्तहरूले कान्तिराजपथ अन्तरगत हेटौंडा ६, क्याम्पाडाँडामा फालेको प्रहरीको भनाई छ। मृतक अजिताको मोबाइल बुद्ध लामाले साथी आशिषलाई राख्न दिएका थिए।

आशिषले उक्त मोबाइल आफ्नी श्रीमतीलाई दिए। सोही मोबाइल अन गरेपछि मोबाइलकै आधारमा प्रहरीले सबैलाई पक्राउ गरेको हो।

घटनामा संलग्न फरार २ जना अभियुक्तको खोजी भइरहेको प्रहरी उपरीक्षक राठौरले बताए। महानगरीय प्रहरी महाशाखा टेकु र मकवानपुर प्रहरीको संयुक्त टोलीले अभियुक्तहरूलाई पक्राउ गरेको हो। यही माघ ४ गते बिहान हेटौंडा उपमहानगरपालिका–५, क्याम्पाडाँडास्थित कान्तिलोकपथमा अजिताको शव फेला परेको थियो।

प्रकाशित: २१ माघ २०७६ ०६:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App