८ वैशाख २०८१ शनिबार
समाज

फेरि समातिए ड्रोन क्यामेरा उडाउने बिदेशी

पर्वत–अवैध रुपमा ड्रोन क्यामेरा उडाएको आरोपमा बिदेशी नागरिक पक्राउ परेका छन्। कुश्मा–ज्ञादी जोड्ने अग्लो झोलुङ्गे पुलको नजिकैबाट सिंगापुर र स्पेनका एक÷एक जना नागरिकलाई ड्रोन क्यामेरासहित प्रहरीले पक्राउ गरेको हो। विदेशी नागरिकले ड्रोन क्यामेरा उडाई रहेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

पक्राउ पर्नेमा स्पेनी नागरिक पासपोर्ट नम्बर पिएडी ४३४३१० भएका डेल्गाडो लजारो र सिंगापुरका पासपोर्ट नम्बर इ ५४५८७६३ सी भएका त्यो जिक्वी लिजाना रहेका छन्। नेपाल ड्रिम ट्राभल एण्ड ट्रेक एजेन्सीमार्फत काभ्रे बाल्टिङ बस्ने २९ वर्षका नबराज मैनालीले उनीहरुलाई घुमाउन लिएर आएका थिए ।

सोहीक्रममा उनीहरुले अबैध रुपमा ड्रोन क्यामेरा उडाएको प्रहरी निरीक्षक दिपक पातलीले बताए। ‘ड्रोन क्यामेरा उडाउन अनुमति लिनुपर्छ, त्यो पाइएन त्यसैले पक्राउ गरिएको हो’, पातलीले भने। उनकाअनुसार प्रशासनको समन्वयमा ड्रोन क्यामेरा उडान सम्बन्धी अनुमतिपत्र ल्याउनेगरी उनीहरुलाई छाडिएको थियो। क्यामेरा भने अनुमतिपत्र ल्याएपछि दिनेगरी जिल्ला प्रहरी कार्यालय पर्वतमा राखिएको छ।

यसअघि पनि घुम्न आएका तीन अमेरिकी नागरिकलाई अबैध रुपमा ड्रोन उडाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो । नेपालका अग्ला पुलहरु थपिदै जादा पर्वतमा आन्तरिकसँगै बिदेशी पर्यटकहरु समेत बढेका छन् । पछिल्लो समयमा उनीहरुले अग्लो पुल वरपर ड्रोन क्यामेरा उडाउने क्रम बढेको छ ।
 

प्रकाशित: १४ पुस २०७३ ०४:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App