७ वैशाख २०८१ शुक्रबार
समाज

घाँटी रेटी महिलाको हत्या

काठमाडौं- सुनसरी दुबहीस्थित माउन्टमनास्लो स्कुलमा काम गर्ने एक जना महिला कामदारको घाँटी रेटी हत्या भएको छ। हत्या भएकी महिला दुबही भलुवा-५ की ३५ वर्षीय सवित्रा विष्ट रहेको प्रहरीले जनाएको छ। विष्ट स्कुल सञ्चालक शंकर थापका नातेदार पनि हुन्।

आज बिहान सञ्चालक थापा मर्निङ वाकमा गएको बेला हत्या भएको बुझिएको छ। 'मर्निङ वाकमा जाँदासम्म केही भएको थिएन। फर्केर आउँदा विभत्स हत्या भएको देखेँ,' थापाले नागरिकन्युजसँग भने।

घटनाको छानबिन प्रहरीले गरिरहेको प्रहरी निरीक्षक शिव पोखरेलले जानकारी दिए।

 

प्रकाशित: १४ पुस २०७३ ०४:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App