coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनमा कोरोना भाइरस नियन्त्रण गर्न ११ मुलुकको सहयोग

फाइल तस्बिर

बेइजिङ (सिन्ह्वा) – कोरोना भाइरसविरूद्ध जुधिरहेको चीनलाई संयुक्त राष्ट्रसंघ बालकोषसहित ११ मुलुकले भाइरस नियन्त्रण र रोकथामका लागि पठाएको सहयोग चीन पुगेको त्यहाँको सरकारले जनाएको छ।

दक्षिण कोरिया, जापान, बेलायत, फ्रान्स, टर्की, पाकिस्तान, काजकस्तान, हंगेरी, इरान, बेलारूस र इनिडोनेसियाबाट कोरोना भाइरस नियन्त्रणका लागि सामग्री उपलब्ध भएको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुन्निङले पत्रकार सम्मेलनमा बताए।

उक्त सामग्री आइतबारसम्म आइपुगेको उनले उल्लेख गरे। अन्य मुलुकबाट पनि सहयोगका सामग्री आउने क्रम रहेको खबर पाएको उनको भनाइ छ। आवश्यक परेका बेला सहयोग गर्ने साथी वास्तविक साथी रहेको भन्दै सहयोगी सबैलाई धन्यवाद दिए।

चीनमा कोरोना भाइरसको संक्रमणका कारण मेडिकल मास्क, प्रोटेक्टिभ सुट र सुरक्षित चस्माजस्ता सामानको जरूरी रहेको छ।

प्रकाशित: २१ माघ २०७६ ०४:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App