८ वैशाख २०८१ शनिबार
समाज

निःशुल्क ह्विलचियर वितरण

काठमाडौं – स्वाबलम्बन जीवनपद्धती केन्द्र, काठमाडौंले शारीरिक अपांगता भएको व्यक्तिहरूलाई ह्विलचियर वितरण गरेको छ। सोमबार औपचारीक कार्यक्रमको आयोजना गरेर नेपालमा बनाएका आल्मुनियमका ह्विलचियर वितरण गरिएको थियो। नेपाल बंगलादेश बैंकको आर्थिक सहयोगमा १० वटा ह्विलचियर निर्माण गरेर वितरण गरिएको आयोजकले जानकारी दिएको छ।

ह्विलचियर निर्माणका लागि पहिले तत्कालीन महिला, बालबालिका तथा समाजकल्यान मन्त्रालयबाट आर्थिक सहयोग प्राप्त गर्दै आएपनि संघीय संरचना अनुसार मन्त्रालयको व्यवस्थापन नयाँ भएपनि बजेट कटौती भएको थियो। बजेट अभावले दुई वर्षदेखि ह्वीलिचयर निर्माण कार्यमा समस्या भएको थियो।

आर्थिक अभाव भएको समयमा नीजि क्षेत्रबाट सहयोग गर्ने नेपाल बंगलदेश बैंक पहिलो भएको संस्थाका अध्यक्ष टेकबहादुर गुरूङले जानकारी दिएका छन्। विदेशबाट ल्याइएका फलामका ह्विलचियरको सट्टामा बैंकको सहयोगबाट १० जना अपांगता भएका व्यक्तिहरूले नेपालमै बनेको, हलुका मर्मतसमेत गर्न मिल्ने ह्वीलिचयर प्राप्त गर्दा निकै सुखी भएको दावी छ।

संस्थाका अध्यक्ष गुरूङको अध्यक्षता र महासचिव गणेश केसीको सञ्चालन रहेको उक्त ह्विलचियर वितरण कार्यक्रममा नेपाल बंगलादेश बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठ, बालाजु स्कूल अफ इन्जिनियरिङका सहायक प्रिन्सिपल शंकरमान श्रेष्ठलेलगायतको आतिथ्यता रहेको थियो। बालाजु स्कूल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीको हाता भित्र ह्विलचियर निर्माण वर्कशप स्थापना भएको छ।

उक्त वर्कशपमा अपांगता भएका व्यक्तिहरूका लागि ह्वीलिचयर लगायत अन्य आवश्यक सहायक सामाग्रीको अध्ययन, अनुसन्धान तथा उत्पादन कार्य भइरहेको छ। यस संस्थाले विगत लामो समयदेखि आल्मुनियमका ह्विलचियर निर्माण गरेर करिब दुई सय वटाभन्दा बढी निःशुल्क वितरण गरेको बताइएको छ।

प्रकाशित: २१ माघ २०७६ ०२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App