coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पर्यटन प्रवर्द्धनमा स्थानीय तह

पर्यटन प्रवर्द्धन गर्न सिम्रौनगढ नगरपालिकाद्वारा आयोजित कार्यक्रमका सहभागी। तस्बिर : नागरिक

बारा – नेपाल भ्रमण वर्ष–२०२० को सुरुआतसँगै जिल्लाका स्थानीय तहहरू पर्यटकीय क्षेत्रको सिँगारपटार र प्रचारप्रसारमा जुटेका छन्। पर्यटक भित्र्याउन सकिने ऐतिहासिक, धार्मिक तथा रमणीय स्थानको संरक्षणमा कतिपय स्थानीय तहले अग्रसरता देखाउन थालेका छन्।

सिम्रौनगढ नगरपालिका क्षेत्रमा पर्ने रानीबास मन्दिर, देशभरमै सबैभन्दा ठूला मानवनिर्मित झरोखर पोखरी, कंकाली पोखरीलगायत स्थान पर्यटक तान्न सक्ने खालको रहेको र ती स्थानको सौन्दर्यीकरण भइरहेको नगर प्रमुख विजयशंकर यादवले बताएका छन्। सिम्रौनगढ पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने सम्भावन रहेको यादवको भनाइ छ। एक महिनाअघि मात्रै गढीमाई मेलामा ७० लाखको हाराहारीमा श्रद्धालु भित्रयाउन सफल महागढीमाई नगरपालिका गढीमाई मन्दिरमा दैनिक रूपमा धार्मिक पर्यटक भित्रयाउन लागिपरेको नगर प्रमुख उपेन्द्र यादवले बताए। गढीमाई मन्दिरको सौन्दर्यीकरणलाई प्राथमिकतामा राख्नुका साथै मन्दिरसँगै रहेको पोखरीमा पर्यटनलाई लोभ्याउने सूर्यमन्दिर र सिसमहल निर्माणमा समेत नगरपालिका लागेको नगरप्रमुख यादवले दाबी गरे।

मोहरी पार्कमा पर्यटन भित्र्याउन निजगढ नगरापालिकाले भौतिक पूर्वधारमा लगानी गरेको जनाइएको छ। मोहरीमा रहेको झोलुंगे पुल, पूर्वटोलमा रहेको पोखरीमा डुंगामार्फत जलविहार र सहिद हीरालाल पार्कमा रहेको भ्युटावरको व्यवस्थाले निजगढ पर्यटक आकर्षणको केन्द्रबिन्दु हुने दाबी बारा जिल्लाको भ्रमण वर्ष शुभारम्भ मूल समारोह समितिका सदस्य महेश्वर अधिकारीले गरे। प्रदेश २ को एक मात्र राष्ट्रिय निकुञ्ज रहेको पर्साको जितपुरसिमरा उपमहानगरपालिकाले पनि निकुञ्जमा पर्यटनहरूलाई भित्रियाउने विभिन्न कार्यक्रम सुरु गरेको बताएको छ। भ्रमण वर्ष–२०२० मा पर्यटन भित्र्याउन निजगढमा राइड टु निजगढ कार्यक्रमसमेत गरिएको अधिकारीले बताए। जितपुर सिमरा–२१ को कार्यालयले पनि भ्रमण वर्षका लागि पर्सा राष्ट्रिय निकुञ्जनजिकैको अमलेखगन्जस्थित हात्तीसार पिकनिक स्पटमा गर्न लागिएको अधिकारीले बताए।
१६ स्थानीय तह रहेको बारामा कुनै स्थानीय तहले पर्यटन वर्षलाई सफल बनाउन होर्डिङ बोर्ड निर्माण गरी स्थानीय तहमा प्रचार सुरु गरेका छन् भने कतिपयले सार्वजनिक कार्यक्रम नै गरेर त्यसको प्रचारप्रसारमा जुटेका छन्।

प्रकाशित: २१ माघ २०७६ ०२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App