coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

पोर्चुगलमा दूतावास स्थापनाको माग

काठमाडौं - गैरआवाशीय नेपाली संघ (एनआरएन) ले पोर्चुगलमा दूतावास स्थापनाको माग गरेको छ। एनआरएनले आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ज्ञापन पत्र बुझाउँदै दूतावास स्थापनाको माग गरेको हो। एनआरएनले पोर्चुगल पछिल्लो समय यूरोपको हवका रुपमा विकसित भइरहेको र त्यहाँ नेपालीको संख्या बढ्दै गएकाले दूतावास स्थापनाका लागि पहल गरिदिन परराष्ट्रमन्त्रीसंग आग्रह गरेको हो।

दूतावास नभएकै कारण पोर्चुगलमा नेपालीहरुलाई समस्या भएको उल्लेख गर्दै ज्ञापन पत्रमा नेपालमा लगानी प्रवर्द्ध र ब्यापार तथा पर्यटन बिस्तारका लागि पनि दूतावास अपरिहार्य रहेको उल्लेख छ। मन्त्री ज्ञावलीलाई पोर्चुगल एनआरएनका तर्फबाट ज्ञापनपत्र बुझाउँदै एनआरएन पोर्चुगलका अध्यक्ष तिलकप्रसाद गैरेले लामो समयदेखि आफूहरुको माग सुनुवाइ नभएकोप्रति सरकारको ध्यानाकर्षण गराए।

सिंहदरवारस्थित कार्यकक्षमै ज्ञापन पत्र बुझ्दै मन्त्री ज्ञवालीले एनआरएनको प्रयासमा नेपाल सरकार सकारात्मक रहेको बताए। मन्त्री ज्ञवालीले त्यहाँको समस्या समाधानका लागि एनआरएनको पहल सकारात्मक रहेको उपयुक्त निकास बारे छलफल भैरहेको बताए। पोर्चुगलमा नेपाली दूतावास नहुँदा फ्रान्स धाउनुपर्ने बाध्यता छ।

प्रकाशित: २० माघ २०७६ १०:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App