७ वैशाख २०८१ शुक्रबार
समाज

कटारीको सिमसार क्षेत्रलाई पर्यटकीय स्थल बनाइने

कटारीको सिमसारक्षेत्रस्थित आकर्षक पोखरीमा आयोजित सिमसार दिवसमा सहभागीहरु। तस्विरः महेश्वर

कटारी (उदयपुर) - उदयपुरको कटारी नगरपालिका ५ सिँसाघारीस्थित सिमसार क्षेत्रलाई पर्यटकीय स्थलमा रुपान्तरण गरिने भएको छ। स्थानीय सिँसाघारी सामुदायिक वन उपभोक्ता समूहको रमणीय पोखरीसहितको सिमसार क्षेत्रलाई पर्यटकहरुको गन्तव्यस्थल बनाउन समूहले कार्ययोजना अघि बढाएको हो।

पर्यटकीयस्ल बनाउन स्थानीय पोखरीलाई समेटेर आसपासमा सिमसार क्षेत्र निर्माण गरिएको समूहले जनाएको छ। ‘पर्यटन वर्ष २०२०’ लाई लक्षित गरी आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन सिमसारक्षेत्रलाई पर्यटकमैत्री बनाउन समूह लागी परेको छ। समूहले आइतबार ‘विश्व सिमसार दिवस’को अवसर पारेर सार्वजनिक कार्यक्रमको आयोजना गरी सिमसारक्षेत्रको विकास गर्न बिधिक गतिबिधि अघि बढाउने निर्णय गरेको छ।

पर्यटकको आकर्षणका लागि त्यहाँ रहेको पोखरीमा समूहिक र एकल ढुंगा (बोट) सञ्चालन गर्ने, आसपासमा होमस्टे र पसलहरु सञ्चालन नर्ग विभिन्न संरचना निर्माण गर्ने तथा खाना र आवास तथा टहलिन पर्यटकमैत्री व्यवस्थापन मिलाउने तयारी थालेको समूहका सचिव दिलबहादुर अधिकारीले बताए। उनका अनुसार डिभिजन वन कार्यालय त्रिवेणी (उदयपुर) बाट पर्यावरणतर्पmको ६० हजार तथा उपभोक्तामार्फत वृक्षारोपण गर्ने कार्यक्रावापतका १ लाख रुपैंया पनि सिमसारक्षेत्र व्यवस्थापनमा खर्च गरिने भएको छ।

सिमसार दिवसमा आयोजित कार्यक्रममा डिभिजन वन कार्यालय प्रमुख वन अधिकृत उपेन्द्र पटेलले सिमसारक्षेत्रको विकास र पर्यटन प्रवद्र्धन गर्न १० वर्षे आवधिक योजना बनाएर  व्यवस्थित बनाउने जानकारी दिए । उनले डिभिजन वनबाट पर्यटन प्रबद्र्धका लागि सक्दो सहयोग गर्न प्रतिबद्धता जनाउँदै आवधिक योजनामार्फत तत्कालीन, अल्पकालीन र दीर्घकालीन कार्यक्रम बनाएर अघि बढ्नुपर्ने बताए।

समूहका सचिव अधिकारीले सिमसारक्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन वडा, सामुदायिक वन समूह, डिभिजन वन, नगरपालिका र पर्यटनसम्बद्ध संघसंस्थाहरुसँग सहयोगको अपेक्षा गरिएको बताए। सबैको सहयोग पाए पर्यटक भित्र्याउन सहज हुने भन्दै उनले पर्यटकलाई सहज, सेवा सुविधा दिन समूहले व्यवस्थापन कार्य थालिसकेको जानकारी दिए। सिमसारक्षेत्र आसपास फराकिलो क्षेत्र भएकाले त्यसको सदुपयोग गर्दै पर्यटक आगन्तुकलाई सेवा दिन सकिने स्थानीय खेमराज कटुवालले बताए। उनले अत्यन्त पर्यटकीय संभावना बोकेको सिमसारक्षेत्र वर्षौंदेखि गाईवस्तु चरणमा परिणत भएर ओझेलमा परेको भन्दै यसको व्यवस्थापन गर्नसके कटारीको महत्वपूर्ण पर्यटकीयक्षेत्रमा रुपान्तरण गर्न सकिने संभावना औंल्याए।

अर्का स्थानीय अभिमन्यु लामिछानेले सिमसारक्षेत्रलाई पर्यटनस्थलमा रुपान्तरण गर्न प्राकृतिक संपदा सबै भएको हुनाले स्थानीय, प्रदेश र संघीय सरकारले विशेष महत्वका साथ बजेट व्यवस्था गर्नुपर्ने माग गरे। हाल चलिरहेको पर्यटन वर्षकै मौका पारेर सिमसारक्षेत्रलाई पर्यटकीयस्थलमा रुपान्तरण गर्नुपर्नेमा जोड दिदै स्थानीय पत्रकार ऋषि राईले ‘गाउँका सिंहदरवार’ले नजर पु¥याउन सके सामान्यजस्ता लाग्ने यस्ता थुप्रै वरिपरिका ठाउँहरु पर्यटक तान्ने आकर्षण बनाउन सकिने बताए।

जारी भ्रमण वर्ष सफल पार्न ‘वन, वातावरण र जैविक विविधताको संरक्षण गरौं, सिमसार तथा पर्यापर्यटनक्षेत्रको विकास गर्दै सामुदायिक वनलाई सवल र समृद्ध बनाऔं’ भन्ने नाराका साथ आयोजित विश्व सिमसार दिवस मनाइएको समूहले जनाएको छ। समूहले पर्यटन वर्ष सफल पार्न गाउँगाउँमा पर्यटनमैत्री गतिबिधि गर्ने योजना अनुसार कार्यक्रम गर्नुपर्ने महसुस गरेको र यस कार्यमा नगरपालिका, प्रदेश र संघीय सरकारले विशेष प्राथमिक्ताका साथ सहयोग गर्नुपर्ने माग गरेको छ।

प्रकाशित: २० माघ २०७६ १०:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App