coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जंगल मासेर सयौं विगाहामा गाँजा खेती

५५ किलो तयारी गाँजासहित पक्राउ परेको अभियुक्तलाई सार्वजानिक गर्दै प्रहरी। तस्विरः अनिल भण्डारी/नागरिक

सिन्धुली - सिन्धुलीमा विगत केहि वर्ष अगाडिदेखि गाँजा खेती मौलाउदै गएको तथ्य खुलेको छ। दुई वर्षभन्दा बढी विगाहामा लगाइएको गाजा फडानी गरेको प्रहरीले यस वर्ष पनि झन्डै तीन सय विगाहामा फडानी गरिसकेको छ।

यहाँको मरिण गाँउपालिका र हरिहरपुरगढी गाँउपालिकाका विभिन्न वडाभित्रका ऐलानी जग्गामा व्यवसायीक रुपमा गाजा खेती हुँदै आएको पाइएको हो। यस वर्ष सिन्धुलीमा ठूलो परिमाणको गाँजा खेती प्रहरीले नष्ट गरे पनि त्यस क्षेत्रका सिमसार जग्गामा अझै सयौ विगाहा गाजा खेती हुनसक्ने अनुमान गरिएको छ। मरिन गाँउपालिकाका विकट क्षेत्रमा जङगल फडानी गरेरै गाँजा खेती गरेको पाइएको प्रहरीले जनाएको छ।

  केहि वर्ष अगाडिबाटै व्यवसायीक रुपमा खेती हुदै आएको गाँजा यस वर्ष जिल्ला प्रहरी कार्यालयको सक्रियतामा फडानी भएको हो। यस वर्षको साउनदेखि हालसम्म २ सय ७१ विगाहामा लगाइएको गाँजा खेती नष्ट गरिसकिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी चौकीहरुको सक्रियतामा गाँजा फडानी गर्ने तथा नष्ट गर्ने कार्य भएको छ, उनले भने, यस अझै केहि स्थानमा गाँजा खेती रहेको जानकारी आएको छ हामी नष्ट गर्छौ।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कपिलाकोट तथा प्रहरी चौकी हरिहरपुरगढीले यहाँको विभिन्न स्थानमा ठूलो क्षेत्रफलमा लगाइएको गाजा खेती नष्ट गरेको हो। यहाँको मरिण गाँउपालिका र हरिरपुरगढी गाँउपालिकाका विभिन्न वडामा व्यवसायीक रुपमा खेती गरिएको गाँजा खेतीलाई प्रहरीले नष्ट गरेको हो। प्रहरीले साउन यता ७५ पटक गाँजाको नष्ट गरिसकेको डिएसपी खत्रीले बताए।

जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँको मरिण गाँउपालिकाको विभिन्न वडामा लामो समयदेखि अवैध रुपमा गाँजा खेती गरिदै आएको सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कपिलाकोट मरिणको टोलिले मरिण गाँउपालिकाको टुडिखेल, वेतलालो, बरुण भलुवाही, जरायो, सानो गरदुवा ठुलो गरदुवा लगायतका क्षेत्रमा लगाइएको गाँजा नष्ट गरेको थियो।

यस्तै हरिहरपुरगढी गाँउपालिकाको वडा नं. ४ र ७  मा लगाइएको गाजा खेती नष्ट गरिएको प्रहरीले जनाएको छ। गाँजाखेतीबाट मनग्य आम्दानी हुने प्रलोभनमा त्यस क्षेत्रका स्थानीयवासी पनि अरु बाली छाडेर गाँजाखेतीतर्फ आकर्षित हुने गरेको स्थानीय बताउछन्। व्यवसायीक रुपमा गाँजा खेती गर्दै आएका स्थानियले गाँजा खेती नष्ट गर्ने क्रममा श्राप समेत दिने गरेको प्रहरी सुनाउछन्। गाँजा कसले खेती गरेको भन्ने पहिचान हुदैन, धेरैजसो ऐलानी जग्गा तथा बनजङगल फडानी गरेर खेती गरेको पाइयो, जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी समेत रहेका डिएसपी खत्रीले भने। गाजाको बेर्ना राखेरै व्यवसायीक रुपमा यस क्षेत्रमा गाँजा खेती हुदै आएको छ।

५५ केजी तयारी गाँजासहित ६ जना पक्राउ
जिल्ला प्रहरी कार्यालयको सक्रियतामा यहाँको हरिहरपुरगढी गाँउपालिका ७ मा ५५ केजी तयारी गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयले गत शुक्रबार हरिहरपुरगढी गाँउपालिका ७ केमनचुलीस्थित भुताहा जाने कच्चि सडकमा तयारी गाँजा ओसार्दै गरेका ६ जना प्रतिवादी ३ ओटा मोटसाइकल सहित ५ केजीका ११ ओटा पोका गाँजा केहि नगद र मोवाइलसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामबहादुर खत्रीले पत्रकार सम्मेलन गर्दै पक्राउ परेका ६ जना व्यक्ति र बरामद गरिएको गाँजा सार्वजानिक गरेका हुन्। गाँजा ओसारपसारमा संलग्न भएको आरोपमा प्रहरीले हरिहरपुरगढी गाँउपालिका ७ का १८ बर्षिय सन्तोष स्याङतान, सोही ठाँउका बर्ष १८ कै आकाश बल, बर्ष २४ को अंकित मोक्तान, २४ बर्षकै सरोज स्याङतान, सर्लाही बाग्मती नगरपालिका ४ बस्ने बर्ष २४ को श्रवण कुमार वाइवा र सिन्धुलीको मरिण गाँउपालिका वडा नं. २ का बर्ष ३५ को तिलकध्वज मुक्तानलाई पक्राउ गरिएको डिएसपी खत्रीले बताए।

उनिहरुले प्रयोग गर्दै आएको ६ थान मोवाइल तथा  ना ५८ प ८५१, ना ४६ प २३१०, ज ७ प २४१६ नम्बरको तीन ओटा मोटसाइकल समेत बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका ६ जनालाई जिल्ला अदालतबाट ७ दिनको म्याद लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी रञ्जु सिंग्देलले जानकारी दिइन्। उनिहरुबाट बरामद भएको गाँजालाई परिक्षण गरि नष्ट गरिने प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ गरिएको तयारी गाँजा ठुलो परिणामा हो। तयारी ५५ केजी भनेको ठुलै परिमाणमा हो, डिएसपी खत्रीले भने, ५ केजीकै ५० हजारमा कारोबार हुन्छ, हामीले पछिल्लो दुई दिन यता बरामद गरेको र नष्ट गरेको गाँजाको करिब ५० देखि ६० लाख बराबर मुल्यको हो।

प्रकाशित: २० माघ २०७६ ०९:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App