८ वैशाख २०८१ शनिबार
समाज

पाँच दिनअघि हराएका युवक मृत भेटिए

रौतहट — रौतहटको इशनाथ नगरपालिका ८ मनसरीका २० वर्षीय युवा एतेशामुल हकको शव फेला परेको छ।  स्थानीय मोतीपुर नरकटीमा रहेको दिदी भिनाजुको घरबाट माघ १५ गते बेलुकी घर फर्किने क्रममा बाटोबाटै सम्पर्कविहिन भएका भएका एतेशामुल हककाे शव साेमबार नगरपालिकास्थित अपोलवाकाे एक नदीमा फेला परेकाे हाे।

उनको मोटरसाइकल राजपुर नगरपालिकास्थित अपोलवा नजिकै खेतमा फेला परेको थियो। मोटरसाइकल भेटिएपछि उनको कल डिटेल हेरेर प्रहरीले अनुसन्धान सुरु गरेको थियो। कल डिटेलबाट सुरु अनुसन्धानका क्रममा उनको हत्या आशंकामा दुई युवतीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

मोटरसाइकल फेला परेको स्थानबाट एक किलोमिटर दक्षिणमा उनको शव फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नवीन कार्कीले घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जानकारी दिए। ‘पाँच जनालाई नियन्त्रणमा लिएका छौं। उनको हत्या भएको हो। उनले भने, शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रौतहटमा ल्याउने काम भैरहेको उनले बताए।

प्रकाशित: २० माघ २०७६ ०७:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App