८ वैशाख २०८१ शनिबार
समाज

उपराष्ट्रपतिको नाम बेचेर ठगी

काठमाडौं- प्रहरीले 'उपराष्ट्रपति नन्दबहादुर पुनको छोरा हुँ' भन्दै विभिन्न सरकारी कार्यालयबाट रकम असुलेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले सिन्धुपाल्चोक राम्चेका कमल भन्ने रोशन सुवेदीलाई पक्राउ गरेको हो। महाशाखाका अनुसार सुवेदीलाई यसअघि मंसिरमा समेत धम्क्याएर रकम असुलेको आरोपमा पक्राउ गरी कारबाही गरिएको थियो।

महाशाखा प्रमुख एसएसपी सर्बेन्द्र खनालका अनुसार सरकारी कार्यालय र निजी संघसंस्थामा फोन गरी रकम असुलेको आरोपमा सुवेदीलाई पक्राउ गरिएको हो। उनका अनुसार सुवेदीले राजस्व अनुसन्धान विभाग, औषधि व्यवस्था विभाग, नेपाल कृषि अनुसन्धान परिषद्, नापी विभाग, केन्›ीय पञ्जीकरण विभाग, परराष्ट्र मन्त्रालय, आध्यात्मिक समाज, नयाँ बानेश्वर, जल उत्पन्न प्रकोप न्यूनीकरण विभाग र नास्टबाट रकम उठाएका हुन्।   महाशाखाका अनुसार सुवेदीले मोबाइल नम्बर ९८६१६९८१२२ बाट कहिले 'उपराष्ट्रपतिको पिए' र कहिले 'छोरा हुँ' भन्दै फोन गरेर  रकम मागेका थिए। पछिल्लोपटक न्युरोडको एक ल्यान्डलाइनबाट हुलाक सेवा विभागमा फोन गरी १० हजार रुपैयाँ माग्दै गरेको अवस्थामा सुवेदी पक्राउ परेका हुन्।

प्रकाशित: १४ पुस २०७३ ०३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App