८ वैशाख २०८१ शनिबार
अर्थ

व्यवसायीलाई पढाउँदै राजस्वका कर्मचारी

सर्लाही – राजस्व अनुसन्धान कार्यालय पथलैया र उद्योग वाणिज्य संघ हरिवनको आयोजनामा आइतबार हरिवनमा ‘भेइकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम’ (भिसिटिएस) सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ।

कार्यक्रममा रौतहट र सर्लाहीका सयौं उद्योगी, व्यवसायीको उपस्थिति रहेको थियो। व्यवसायीले भिसिटिएससहित राजस्वसम्बन्धी विविध विषयमा जिज्ञासा राखेका थिए। कार्यक्रममा उपस्थित राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख राजन विसी, राजस्व अनुसन्धान अधिकृत विजयकुमार विडारी लगायतले व्यवसायीलाई भिसिटिएस एवं राजस्व सम्बन्धी विषयमा विस्तृत जानकारी गराए।

राजस्व छलीमा कडा कारबाहीको व्यवस्था रहेकाले व्यवसायीले नियम र परिधिभित्र रहेर व्यवसाय चलाउनुपर्ने राजस्व अनुसन्धान अधिकृतको धारणा थियो। उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष मोहनलाल श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईंको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा उद्योग वाणिज्य संघ हरिवन, लालबन्दी, बरहथवा, मलंगवा, उद्योग वाणिज्य संघ चन्द्रपुर लगायतमा आवद्ध व्यवसायीको सहभागिता थियो।

प्रकाशित: २० माघ २०७६ ०४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App