coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेवि संघमा सात थपिए

काठमाडौं – नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ समितिमा सात जना थपिएका छन्। नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला निकट सात विद्यार्थी नेतालाई संघको तदर्थ समितिमा कांग्रेस सभापति शेरबहादुर देउवाले मनोनित गरेका हुन्।

सभापति देउवाले आइतबार संघ तदर्थ समितिमा दुई उपसभापति र पाँच महामन्त्री थप गरेका हुन्। संघको उपाध्यक्षमा झापाकी तुलसा पन्त र रुपन्देहीका मुक्तिराज पौडेलका साथै महामन्त्रीमा तनहुँका दीपक भट्टराई, धादिङकी उर्मिला थपलिया, मकवानपुरका प्रभातकुमार दाहाल, सिन्धुपाल्चोकका बलदेव तिमल्सिना र स्याङ्जाका युवराज पाण्डे रहेका छन्। सभापति देउवाले माघ १६ गते संघ अध्यक्षमा राजीव ढुंगाना तथा महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवरलाई जिम्मेवारी दिएका थिए।

प्रकाशित: २० माघ २०७६ ०१:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App