coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

जोकोभिचलाई वर्षको पहिलो ग्रान्ड स्लाम

मेलबर्न – नोभाक जोकोभिचले पाँच सेटको संषर्षपूर्ण प्रतिस्पर्धामा डोमिनिक थिमलाई स्तब्ध बनाउँदै आइतबार वर्षको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपनको उपाधि जितेका छन्।

मेलबर्नमा भएको फाइनलमा डोमिनिकमाथि जित रत्दै जोकोभिच आठौं पटक अस्ट्रेलियन ओपनको उपाधि उचाल्न सफल भएसँगै विश्व नम्बर एकको यात्रामा फर्किएका छन्।  दुई सेटले पछि परेको स्थितिमा सर्बियन स्टार जोकोभिचले करिब चार घन्टाको संघर्षपछि विश्व नम्बर पाँचका डोमिनिकमाथि ६–४, ४–६, २–६,६–३ र ६–४ को जित रचेका थिए।

जोकोभिचले करियरको १७औं ग्रान्ड स्लाम उचाल्दा राफाइल नाडालभन्दा दुई र रोजर फेडेररभन्दा तीन ग्रान्ड स्लामले मात्र पछि छन्।

‘पक्का पनि यो कोर्ट मेरा लागि सबैभन्दा मन पर्ने हो। यहाँ मैले कयौं सफलता प्राप्त गरिसकेको छु। आज एकपल्ट फेरि त्यो सफलता दोहो-याउन सफल भएँ,’ जोकोभिचले भने। जोकोभिच एक ग्रान्ड स्लाममा सर्वाधिक सफलता प्राप्त गर्ने तेस्रो खेलाडीसमेत भए।  यसअघि नाडालले फ्रेन्च ओपन १२औं पटक र फेडेररले विम्बल्डन आठौं पटक जितेका छन्।

सोमबार नयाँ वरीयता जारी हुँदा डोमिनिक करियरको सर्वाधिक चौथो स्थानमा पुग्नेछन् भने फेडेरर तेस्रो स्थानमै रहन्छन्। यसअघि दुई पटकले पछि परेको अवस्थामा पनि ग्रान्ड स्लाम जित्न असफल जोकोभिचले यस पटक भने सुधार गरे। ‘नाडाल र फेडेररले पुरुष टेनिसलाई एक स्तरमा पु-याएका छन्। उनीहरूलाई पछ्याइरहन पाउँदा एकदम खुसी छु,’ जोकोभिचले भने,‘आज निकै खुसी छु। उनीहरूले पक्कै पनि एक दिन भेट्नेछु।’

प्रकाशित: २० माघ २०७६ ०१:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App