coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेकपा केन्द्रीय कमिटी बैठकः राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित, वामदेव उपाध्यक्ष

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकले  राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित  गरेको छ। आइतबार सकिएको केन्द्रीय समिति बैठकले राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो। बैठक बुधबारदेखि राजधानीको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा सुरु भएको थियो।

राजनीतिक प्रतिवेदनसँगै महासचिव विष्णु पौडेलले पेश गरेको संगठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्तावसमेत सर्वसम्मतिले पारित भएको छ।

त्यस्तै सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ। नेताहरुको सम्पत्ति छानबिन हुने भएको छ। केन्द्रीय समितिको बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष पुष्पकमल दाहालले यस्तो प्रस्ताप पेस गरेका थिए। नेताहरुको सम्पत्ति छानबिन अनुशासन आयोगले गर्नेछ। नेकपाको महाधिवेशन ०७७ चैतमा गर्ने प्रस्ताव पनि पारित भएको छ।

एमसीसीका विषयमा सुझाव संकलन गर्न कार्यदल
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा सुझाव संकलन गर्न नेकपाले एउटा कार्यदल बनाएको छ। केन्द्रीय समितिका अधिकांश सदस्यले एमसीसीका विषयमा प्रश्न उठाएपछि सुझाव संकलनका लागि कार्यदल बनाएको हो।

केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले उठाएका प्रश्नमा जवाफ दिँदै अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमसीसीबारे पार्टी र सरोकारवाला निकायको सुझाव संकलनका लागि कार्यदल बनाउने घोषणा गरका हुन्।

वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलमा स्थायी कमिटी सदस्यहरू भीम रावल र प्रदीप ज्ञवाली सदस्य छन्। कार्यदललाई १० दिनको समय दिएर सुझाव संकलन गर्ने म्याण्डेट दिइएको छ।

 

 



प्रकाशित: १९ माघ २०७६ १०:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App