७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

विश्व हिन्दू महासभाका अध्यक्ष बच्चनको गोली हानी हत्या

लखनउ - अन्तर्राष्ट्रिय हिन्दू महासभाका अध्यक्ष रञ्जित बच्चनको गोली हानेर हत्या गरिएको छ।उत्तर प्रदेशको राजधानी लखनउमा पर्ने हजरतगञ्ज क्षेत्रमा मर्निङ वाकका लागि निस्केका अध्यक्ष बच्चनको आइतबार बिहान अज्ञात समूहले गोली हानेर हत्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

गोली प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको समाचारमा जनाइएको छ। हाल उनको शव पोष्टमार्टमका लागि पठाइएको छ। गोली प्रहारबाट उनीसँग रहेको अर्का एक जना घाइते भएका छन्। तर उनको अवस्था खतरामुक्त रहेको बताइएको छ।
हत्या कसले र किन गर्यो भन्ने केही खुलेको छैन। घटनाबारे अनुसन्धान सुरु गरिएको त्यहाँको प्रहरीले जनाएको छ। यसअघि गत वर्ष हिन्दूवादी नेता कमलेश तिवारीको अज्ञात समूहले हत्या गरेको थियो।

प्रकाशित: १९ माघ २०७६ ०८:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App