बलात्कारीको सम्पत्ति नदेखिएपछि सरकारी कोषबाट क्षतिपूर्ति दिन अदालतको आदेश

बुधबार, १३ पुष २०७३, २० : ११ रमेशकुमार पौडेल

चितवन- बलात्कार अभियोग प्रमाणित भएको व्यक्तिको नाममा चलल अचल सम्पति नदेखिएपछि चितवन जिल्ला अदालतले बलात्कार पीडित किशोरीलाई राज्यकोषबाट क्षतिपूर्ति रकम उपलब्ध गराउन आदेश गरेको छ। पीडित किशोरीलाई दुई लाख ५० हजार रुपैयाँ सरकारी कोषबाट दिलाउनु भन्दै चितवन जिल्ला अदालतले महिला तथा बालकालिका कार्यालयको नाममा पत्र काटेको छ।

जिल्ला न्यायाधीश टेकनारायण कुँवरले बुधबार पीडक भनिएका भरतपुर–१३ कैलाशनगरका २० वर्षीय सुमन विकलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद हुने फैसला सुनाएका हुन्। 'प्रहरीमार्फत् बुझ्दा र अदालतको बयान आदिमा पनि विकले आफ्नो नाममा जायजेथा नभएको बताएका थिए' चितवन जिल्ला अदालतका सुचना अधिकारी कृष्ण बरालले भने।

एकजना १४ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा विकलाई सो सजाय भएको हो। पीडकलाई सजाय तोक्नुका साथै पीडितलाई क्षतिपूर्ति दिलाउने कानुनी व्यवस्था छ। तर दोषी ठहर भएका पीडक व्यक्तिको नाममा सम्पत्ति नदेखिएपछि महिला तथा बालबालिका कार्यालयमार्फत् पीडितलाई राहत रकम दिलाउन बुधबार नै पत्रचार भएको सूचना अधिकारी बरालले बताए।

मुलुकी ऐनको संसोधित प्रवधानमा पिडकले सक्ने अवस्था नभए महिला तथा बालबालिका कार्यालयमार्फत् सरकारी कोषबाट पीडितलाई क्षतिपूर्ति दिनुपर्ने भन्ने व्यवस्था रहेको अदालतका सूचना अधिकारी बरालले बताए। सो व्यवस्था अनुसार चितवनमा पहिलो पटक यस्तो निर्णय गरेको उनको भनाइ छ। सायद नेपालमै यस्तो आदेश पहिलो भएको उनले बताए।

गत असोज २६ गते १४ वर्षीया किशोरीमाथि बलात्कार भएको थियो। सुमन विकलाई अभियुक्त बनाइ कात्तिक ११ गते चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। 'महिला तथा बालकिालका कार्यालयलाई हामीले आजै पत्रचार गरिसकेका छौं। उसँग त्यस्तो कोष भए तत्कालै दिन्छ नभए सरकारसँग माग गरेर भए पनि दिनु पर्छ' अदालतका सुचना अधिकारी कृष्ण बरालले भने।

'अदालतले नै पीडकले क्षतिपूर्ति दिन नसक्ने ठहर गरेको अवस्थामा हामीमार्फत् पीडितलाई क्षतिपूर्ति दिलाउने व्यवस्था छ,' महिला तथा बालबालिका कार्यालय चितवनकी प्रमुख शान्ता पौडेलले भनिन्। अदालतको पत्र महिला तथा बालबालिका मन्त्रालयमा पठाएर रकम माग गर्ने र पिडितलाई दिलाउने उनले बताइन्। बुधबार कार्यालय बाहिर भएकाले अदालतको पत्रका बारेमा जानकारी नभएको उनको भनाइ छ।





यसमा तपाईको मत

अन्य समाचार

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप...

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि.ले एक महिना अगाडी सफतापूर्वक बजेट सेगमेण्टको अनर 8A  लन्च गरे लगत्तै...

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

सामसङ नेपालले हालै काठमाडौंको न्युरोड स्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर उच्च स्थरिय सेवा सहितको  शुभारम्भ गरेको...

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

स्मार्टफोनमा पब्जी वा अन्य कुनै अनलाइन गेममा खराब इन्टरनेटले र ल्यागले मज्जा नै खराब गर्छ ...

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्र्रे बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख...

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

Ncell Footer Ad